गोविन्द घर्ती
देवदह जेठ ५ । विगत लामो समय देखि विद्युत काटिए पछि रुपन्देहीको देवदह नगरपालिका–९, वंगालीमा रहेको मायादेवी अनाथ, असाहाय वालवालिका संरक्षण केन्द्रका वालवालिकाहरु अध्यारोमा बस्न वाध्य भएका छन् ।
संरक्षण केन्द्रमा रहेको विद्युत मिटर विद्युत कार्यालयले काटेपछि वालवालिका अध्यारोमा वाध्य भएको हो । केन्दका स्थापक वावुराम प्यासीको नाममा रहेको विद्युत मिटरको रकम नबुझाए पछि केन्द्रको विद्युत काटिएको र पछि केन्द्रको नाममा अर्को विद्युत मिटर निकासा गरेपनि कालो निष्टमा परेको ठाउमा अर्को विद्युत लाईन जडान गर्न नमिल्ने भन्दै विद्युत कार्यालयले विद्युत काटेपछि केन्द्रका वालवालिका अध्यारोमा बस्न वाध्य भएको हो । बुटवलमा रहेको होटल क्याटरिङ्ग संघले विद्युत जडान गर्न ३९ हजार रुपैया रकम दिएपनि केन्द्रका सचिव शंकर प्यासीले अहिले सम्म उक्त रकम चुक्ता नगर्दा विद्युत नजोडिएको केन्द्रका अध्यक्ष अम्विका प्यासीले बताए ।
बक्यौता रकम बुझाउन अम्विका प्यासीले केन्द्रका सचिव शंकर प्यासीलाई पटक पटक आग्रह गरेपनि आलटाल गर्दै आएको अध्यक्ष प्यासीले बताए । केन्द्रमा विद्युत नहुदा गर्मी याममा वालवालिकालाई समस्या परेको अध्यक्ष प्यासीले बताए । वालवालिका संरक्षण केन्द्रको बक्यौता रकम बुझाएमा आफुहरुले तत्काल विद्युत लाईन जोडि दिने विद्युत कार्यालले जनाएको छ । शंकर प्यासीले भने केन्द्रमा पैसा नभएका कारण आफुले विद्युतको बक्यौता रकम बुझाउन नसकेको बताएका छन । केन्द्र र भाईको घरमा समेत विद्युत लाईन बालिएको हदुा भाईले पनि बुझाउनु पर्ने बताए । उक्त संरक्षण केन्द्रमा अहिले ३० जना वालवालिका रहेको छ ।
