पिडीखोलामा गल्याङ युथद्वारा राहत बितरण

Read Time:4 Minute, 6 Second

पिडीखोलामा गल्याङ युथको राहत बाट , २५ घर परीवार लाभान्वित

विनोद रखाली मगर

गल्याङ्, जेठ ४-स्याङ्जाको गल्याङ्मा क्रियाशिल युवा हरुको समुह गल्याङ युथले पिडीखोला गाविसका विभिन्न वडामा विनाशकारी भुकम्प देखि विस्थापित परीवारलाई राहत वितरण सम्पन्न गरेको छ । जिल्लाको दुर्गम गाविस पिडीखोलाको वडा न. ४, पातिखर्क, चितुङ, पधेँरा, वडा न. ७, सल्यान, वडा न. ९ स्यालवासमा हाल सम्म कुनै निकाय पुग्न नसकेको अवस्थामा गल्याङ युथ पुगेको हो । युथले वितरण गरेको राहतमा करिव १० जना ओत लगाउन सकिने त्रिपाल, म्याट, एक क्विन्टल चामल, तेल, दाल, नुन लगाएतका खाद्य सामग्रीहरु वितरण गरेको थियो ।
वडा न. ९ स्यालवासमा ३ घर परिवारलाई, वडा न. ७ सल्यानमा ४ घर परीवारलाई, वडा न. ४ पातीखर्क, चितुङ र पधेँरा मा अवस्थित ६ घर परीवारलाई उक्त राहत सेट वितरण गरेको हो । भुकम्प देखि विस्थापित अति विपन्न, गरिव परिवार लाई त्रिपाल सहित खाद्य सामग्री प्रदान गरीएको थियो भने करीव १५ घर परीवारलाई त्रिपाल मात्र वितरण गरीएको गल्याङ युथका अध्यक्ष जनक कुमार श्रेष्ठले जानकारी दिए । वडा न. ९ स्यालवासमा ३ घरमा पूर्ण क्षति र २० भन्दा वढि घरमा आशिंक क्षति भएको छ । पिडिखोला ७ सल्यानमा ४ घरमा पूर्ण क्षति र २० घरमा आशिंक क्षति भएको छ । यता पिडिखोला वडा न. ४ मा ५ ६ घर पूर्ण क्षति र ३० भन्दा वढि घरमा आशिंक क्षति पुगेको छ । उक्त क्षेत्रमा गाविस कार्यालयदेखि वडा न. ९ मा मात्र १ थान त्रिपाल, वडा न. ७ मा १ थान त्रिपाल र ५ हजार रुपैया एक परीवारलाई बितरण गरेका थिए ।

गल्याङ् युथले यस क्षेत्रमा सामाजिक कार्य सङ्गै विकाश निमार्णलाई समेत जोड दिदै आएको छ । विनाशकारी भुकम्पमा लमजुङ जिल्लामा करिव १ लाख ५० हजार वरावरको खाद्य सामग्री, पेलाकोट खानिडाँडा, निवुवाखर्क कुरुङ्चे, श्रीकृष्णगण्डकी वासँटारी लगाएतको क्षेत्रमा समेत राहत वितरण गरीसकेको छ । सिन्धुपाल्चोकमा गएको वाढीमा समेत १ लाख ५ हजार सहयोग गरेको गल्याङ युथले जनाएको छ ।

राहत वितरण पछि वोल्दै गल्याङ युथका अध्यक्ष जनक कुमार श्रेष्ठले पिडामा मलम लगाउने कार्यमा गल्याङ युथ सधैं हाजिर हुने जनाए । श्रेष्ठले महाविपत्तिमा आत्तिएर नभइकन आत्मवल सहित धैर्यताका साथ रहन सानो सहयोग गरेको जनाए । राहत वितरण कार्यक्रममा लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष डोल प्रसाद खरेल, मगर संघ गल्याङ्का अध्यक्ष जैसिंह राना मगर, युथका सदस्य नारायण गैह्रे लगाएतले वोलेका थिए । गल्याङ युथका सचिव विष्णु अधिकारीले सन्चालन गरेको कार्यक्रममा युथका सदस्य विनोद रखाली मगरले धन्यवाद मन्तव्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %