गोबिन्द घर्ती
जेठ ५ । सकारात्मक सोचका साथ काम गर्ने हो भने नगरको विकास गर्न सकिने देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताएका छन । घिमिरेले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रलको रुपमा विकास गर्न देवदह नगरपालिका लागि परेको बताए । देवदह नगरपालिकाको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिमिरेले उक्त कुरा बताएको हो ।
अघिकृत घिमिरले देवदह नगर विकासको लागि गुरुयोजना निर्माण गर्न गईरहेकोले गुरुयोजना निर्माणमा सहयोग गर्न आग्रह गरे । देवदह क्षेत्रमा दिनप्रति दिन जनसंख्या बढ्दो अवस्था रहेको र देवदह नगरपालिका संग श्रोत साधन र जनशक्ति कम भएकोले भनेजस्तो सेवग्राहीलाई सेवा दिन नसकेको बताए । कार्यक्रममा देवदह नगरविकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले आ–आफना भनाई राखेका थिए । नगरपालिकाका शाखा अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका नेता, कार्यकर्ता, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
