टोल विकास समन्वय समिति द्वारा राहत हस्तान्तरण

Read Time:2 Minute, 38 Second

रूद्र बहादुर श्रीसमगर

पोखरा, ४ जेठ-टोल विकास संस्था समन्वय समिति, पोखरा–१५ ले भूकम्प पीडितहरूको सहयोगार्थ राहत रकम हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रमका बीच समितिले नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई राहत रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा समितिका अध्यक्ष प्रकाश पौडेलले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानालाई २ लाख ८७ हजार सय ३८ रुपैयाँ राहत रकम हस्तान्तरण गरेका छन। साथै सो अवसरमा जनजागृति युवा क्लबले १३ हजार ५ सय रुपैयाँ बराबरको खाद्य सामग्री समेत हस्तान्तरण गरेको थियो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका सभापति ढुङ्गानाले रेडक्रस दुःख सुखको साथी भएको बताए । रेडक्रसलाई सबैले विश्वास गरेको बताउँदै ढुङ्गानाले राष्ट्रलाई विपत् परेका बेला सबैको सहयोगले पीडा कम गर्न सघाउ पुग्ने बताए ।
कार्यक्रममा वडा सचिव सोमनाथ लम्साल, जनजागृति युवा क्लबका धनबहादुर गुरुङ, लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष सु. हरिमान तामाङ, तल्लो नयाँ गाउँ टोल विकास संस्थाका उपाध्यक्ष विष्णुदेवी आचार्य, नेपाल रेडक्रस सोसाइटी वडा उपशाखाका सभापति कमल प्रसाद पौडेल, जनजागृति आमा समूहका कोषाध्यक्ष अनिता श्रेष्ठ, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक लाल बहादुर थापालगायतले विपत्ति परेका बेलामा सबै एक भएर सहयोग र राहतका लागि जुट्नुपर्ने बताएका थिए ।
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव गणेश बराइलीले गरेका थिए भने तल्लो नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष क्या. नरेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %