पर्वतको तिलाहारमा विभिन्न सङ्घसंस्थाद्वारा राहत वितरण

Read Time:2 Minute, 33 Second

रूद्र श्रीसमगर
पर्वत, ३ जेठ
पर्वतको तिलाहार गाविसको थामार्जुङ गाउँमा १४ जना पूर्ण क्षति भएका घर परिवारलाई विभिन्न सङ्घसंस्थाले राहत सामग्री वितरण गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी पर्वतको संयोजनमा राष्ट्रिय तेक्वान्दो युनियन नेपाल जिल्ला कार्यसमिति पर्वत, मिलन तेक्वान्दो डोजाङ, आदर्श नमुना टप माउण्टेन तेक्वान्दो डोजाङ, मिलन फाउण्डेशन नेपाल र नेपाली सेनाले सहकार्य गरी राहत वितरण गरेका हुन् ।
साथै, सोही गाउँका बिजुला विकको घर पूर्ण क्षति भएकोमा आइतबार दिनभरि लगाएर उक्त घरको भग्नावशेष तेक्वान्दो खेलाडी र नेपाली सेनाले हटाएका थिए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वतका उपसभापति इन्द्रमान खत्री, राष्ट्रिय तेक्वान्दो युनियन नेपालका केन्द्रीय सदस्य एवम् मिलन फाउण्डेशन नेपालका सचिव मदन गुरुङ, मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष हितकाजी गुरुङ, भीमदल गण बेतिनी पर्वतका क्याप्टेन मदन पहरी सहित १७ जना नेपाली सेनाका एक टोली, नमुना अंग्रेजी माध्यामिक विद्यालयबाट जलन खत्री, नमुना आदर्श टपमाउण्टेन तेक्वान्दो डोजाङबाट प्रशिक्षक मास्टर अन्तिम गुरुङ र मिलन तेक्वाण्दो डोजाङ पर्वतबाट २१ जना सिनियर खेलाडीहरू उक्त कार्यक्रममा सहभागी भइ बेलुका ५ बजेसम्म भूकम्पले क्षति पु¥याएको भग्नावशेष हटाई त्यहाँबाट फर्किएका थिए । पुनः उक्त घर निर्माण गर्नका लागि राष्ट्रिय तेक्वान्दो युनियन नेपाल जिल्ला कार्यसमिति पर्वत, मिलन फाउण्डेशन नेपाल मिलन तेक्वान्दो डोजाङ र नमुना अंग्रेजी आवासीय मा.वि.ले आवश्यक सहयोग गर्ने समेत जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %