गोविन्द घर्ती
देवदह, पश्चिमाञ्चल यातायात व्यवसायी समितिको दादागिरीका कारण ई–रिक्सा दर्ता हुन नसकेको लुम्विनी ई–रिक्सा व्यवसायी संघले जनाएको छ । पश्चिमाञ्चल यातायात व्यवसायीले यातायात व्यवस्था कार्यालय लुम्विनीलाई दवाव दिएका कारण ई–रिक्सा दर्ता हुन नसकेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । लुम्विनी ई–रिक्सा व्यवसायी द्धारा आयोजित पत्रकार सम्मेलनमा लुम्विनी ई–रिक्सा व्यवसायी संघका अध्यक्ष केशवराज रानाले ई–रिक्सा यातायात व्यवस्था कार्यालय लुम्विनीले दर्ता गर्न नमानेको भन्दै कानुनी उपचारको लागि अदालत जाने बताएका छन । यातायात व्यवस्था कार्यालयले मागेको कागजपत्र लिएर जादा समेत यातायात व्यवस्था कार्यालयले पश्चिमाञ्चल यातायात व्यवसायी समिति र ई–रिक्सा व्यवसायी वीच विवाद रहेको हुदा दर्ता गर्न नमिल्ने यातायात व्यवस्था कार्यालयले जनाएको अध्यक्ष रानाले बताए ।
यातायात विभागद्धारा दर्ता गर्नु भन्ने परिपत्र आएपनि त्यसलाई यातायात व्यवस्था कार्यालय लुम्विनीले वेवास्ता गरेको रानाको भनाइ थियो । ई–रिक्सा वातावरण मैत्री र प्रदुषीतयुक्त सवारी साधनलाई पश्चिमाञ्चल यातायात समिति र यातायात व्यवस्था कार्यालयको मिलोमतोमा दर्ता प्रक्रियामा लान नचाहेको आरोप लगाए । यातायात व्यवस्था कार्यालय लुम्विनीले ई–रिक्सा दर्ता नगर्दा श्रमजिवि मजदुरहरु अन्यौलमा परेको अध्यक्ष रानाले बताए । उहाले मजदुरहरुले संचालनमा ल्याएको ई–रिक्सा यातायात व्यवस्था कार्यालयले दर्ता गर्न नमान्दा सयौको संख्यामा रहेको मजदुरहरु स्वरोजगारबाट बन्चित हुनु परेको अध्यक्ष रानाले दावी गरे ।
सो अवसरमा बोल्दै रिक्सा व्यवसायी संघ बुटवलका अध्यक्ष कृष्ण तिवारीले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको सिन्डिकेटका कारण बुटवलमा ई–रिक्सा संचालन गर्न नसकेको बताए । अध्यक्ष तिवारीले ई–रिक्सा भित्रीबाटोमा संचालन हुने हुदा यातायात व्यवस्था कार्यालयले ई–रिक्सा दर्ता गरी शहरी क्षेत्रमा संचालनमा ल्याउनु पर्नेमा जोड दिए । लुम्विनी ई–रिक्सा व्यवसायीले रुपन्देहीको विभिन्न क्षेत्रमा ई–रिक्सा संचालन गर्दै आएको छ ।
