श्रीनगर एफएम द्धारा नियमित बिज्ञापन दाता सम्मान कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 42 Second

देव पचभैया

पाल्पा, जेठ १
श्रीनगर एफ,एम प्रालि तानसेन पाल्पाले आफ्ना नियमित बिज्ञापनदातालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । पाल्पा, बुटवल, भैरहवा, काठमाण्डौ लगाएतका एक सय बढी नियमित बिज्ञापन दाताहरुलाई सम्मान गरेको हो ।

तानसेन स्थित होटल ह्वाईटलेकमा भएको कार्यक्रममा प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले स्थानिय स्तरमा आम जनतालाई सुसुचित गराउन तल्लिन एफएम रेडियोहरुले आफुले संचालन गरेका कार्यक्रम एबं समाचारहरुलाई जन अपेक्षित बनाउनुपर्नेमा जोड दिए । जस्तो पायो त्यस्तै बिज्ञापन नबजाउन आग्रह गर्दे प्रजिअ कार्कीले बैध, कम्पनी र समाजलाई पच्ने किसिमका बिज्ञापन बजाउदा रेडियोले कमाएको ईज्जतलाई पनि थप टेवा पुर्याउने बताए । सम्मानितको तर्फ बाट बोल्दै पुजा कम्प्युटरका संचालक बिष्णुमान बज्राचार्यले मिडियामा बिज्ञापन बजाउदा आफुहरुलाई धेरै फाईदा पुगेको बताउदै यस्ता सम्मान कार्यक्रमले बिज्ञापन दाता र संचार गृहबिचको सम्बन्ध थप बलियो बन्ने बताएका थिए ।

पत्रकार महासघ पाल्पाका अध्यक्ष राजेश कुमार आर्यालले एफ एम रेडियोहरुले जनताको सुसुचित हुन पाउने अधिकारलाई आत्मसात गर्दे अघि बढेको भन्दै सूचना, शिक्षा र मनोरन्जन प्रदान गर्नको लागी जिल्लाका एफएम रेडियोहरुले उल्लेखनिय भुमिका निर्बाह गरीरहेको बताए । संचार गृहहरुले आफ्नो आम्दानी र खर्चलाई हरेक बर्ष सार्बजनिक गर्नुपर्नेमा जोड दिदै कर्मचारीहरुलाई दिएका सेवा सुबिधाको बारेमा पनि जानकारी दिए अरु सस्था भित्रका सेवा सुबिधा र खर्च बिवरण सोध्न बाटो खुल्ने बताए ।

कार्यक्रममा बोल्दै पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले संचार माध्यममा बिज्ञापन दिदा ब्यापारीहरुको ब्यवशायलाई राम्रो टेवा पुर्याएको भन्दै जिल्लामा रहेका मिडियाहरुमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुनेमा जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्माले जिल्लामा रहेका एफएम रेडियोहरुले गाउका कुना कुनामा आफ्नो सेवालाई प्रबाह गरेको भन्दै आफ्ना कार्यक्रम र समाचारहरुलाई जनहितमा केन्द्रित गर्न आग्रह गरे ।

कार्यक्रमका पाहुनाहरुलाई स्वागत गर्दै श्रीनगर एफएम का अध्यक्ष भिमसेन कार्कीले रेडियो स्थापनाको १२ बर्ष प्रबेश गरेको उपलक्ष्मा बिज्ञापन दाताहरुलाई सम्मान गरेको बताए । जिल्लाको पहिलो ब्यवशायीक रेडियोलाई स्थापित गराउन बिज्ञापन दाताहरुको ठुलो हात रहेको भन्दै श्रीनगर एफएम प्रालिले छिट्टै साप्ताहिक पत्रिका प्रकाशनको तयारी गरेको र स्थानिय टेलिभिजन संचालन गर्ने योजना गरेको जानकारी दिए ।

कार्यक्रमको संचालन प्रालिका स्टेशन म्यानेजर देव पचभैयाले हजार वाटमा संचालन भएको श्रीनगर एफएम पाल्पाले आगामी दिनमा अन्य पक्षहरुलाई पनि सम्मान गर्दे रेडियो कार्यक्रम र समाचारलाई स्थानियकरण गर्दे जनअपेक्षा अनुसार अगाडि बढाउने जानकारी दिए ।

कार्यक्रममा रेडियोका सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %