गोबिन्द घर्ती
देवदह- रुपन्देहीको देवदहमा भएको बिद्युतिय रिक्सा दुर्घटनामा ४ जना यात्रु घाईते भएका छन । देवदह नगरपालिकाको कार्यालय जादै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी देवदह नगरपालिका–६ का एकै परिवारका ४ जना घाईते भएका छन । घाईते हुनेहरुमा देवदह–६ का यमलाल अधिकारी, रुक्मागत अधिकारी, नारायण अधिकारी र सिता गैरे रहेका छन ।
नगरपालिका कार्यालय जादा जादै गर्दा ढुंगामा ओटलागी उक्त दुर्घटना भएको र रिक्सा चालक र यात्रु सहित ५ जना सडक किनारको नालीमा खसेको घाईते नारायण अधिकारीले बताए । देवदह नगरपालिका क्षेत्रमा यात्रुको सहजताका लागी बिद्युतिय रिक्सा सञ्चालनमा ल्याउने प्रयास भएको र ब्यवस्थित गर्ने तयारी गरीएको नगरपालिका कार्यालयले जनाएको छ । त्यस क्षेत्रमा सवारी साधन प्रयाप्त नहुदा बिकल्पको रुपमा केही दिन यता बिद्युतिय रिक्सा सञ्चालनमा ल्याएको छ ।
