सुनवलमा तीनको मृत्‍यु

Read Time:2 Minute, 0 Second

गोविन्द घर्ती देवदह ३० बैशाख ।
नवलपरासी सुनवल नगरपालिका–७, ज्यामिरेमा भएको सवारी दुर्घटनमा परी ३ जनाको मृत्यु भएको छ भने, २५ जना घाईते भएका छन् । बर्दघाट देखि बुटवल तर्फ आउदै गरेको लु १ ख ३८७४ नम्बरको माईक्रोबस र बिपरित दिशाबाट सुनवल तर्फ गईरहेको लु १ ख ८४७५ नम्बरको टिप्पर एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो । माईक्रो बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा उक्त दुघर्टना भएको सुनवल प्रहरीले जनाएको छ । दुर्घटनामा परी नवलपरासी बर्दघाट नगरपालिका–९ का ४० बर्षिय प्रदीप खनाल, सुनवल नगरपालिका–६, बिशासयका पुष्पा वि,क, सुनवल–१० गैडाखाल निवासी सम्झना परियारको मृत्यु भएको प्रहरीले जनाएको भएको छ । घाईते भएका ३ नै जनाको उपचारको क्रममा लुम्बिनी अंचल अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनमा परि ५ जना गंभिर घाईते र १९ जना सामान्य घाईते भएको र उनीहरुको बुटवलका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको नवलपरासी प्रहरीले जनाएको छ । त्यसैगरी रुपन्देहीको देवदहमा ट्रकले ठक्कर दिदा एक जना घाईते भएको छ । बुटवल देखि सुनवल तर्फ गईरहेको लु १ ख ८३०७ नम्वरको ट्रकले ठक्कर दिदा देवदह–६, प्रगतिबजार निवासी बर्ष ५२ का गोमान सिं थापा घाईते भएको हो । घाईतेको बुटवलमा उपचार पछि घर फर्केको देवदह प्रहरी चौकीले जनाएको छ । घाईते थापाको हात र टाउको सामान्य चोटलागेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %