भूकम्पपछि ट्याक्सीमा ढुंगा खस्दा दुई गम्भिर , १२ विद्यार्थी घाइते, शनिवार सम्म निजि विद्यालय वन्द

Read Time:2 Minute, 54 Second

विनोद रखाली मगर 

स्याङ्जा , २९ वैशाख,

मंगलबार गएको विनाशकारी भूकम्पले स्याङ्जामा दुईजना गम्भीर घाइते भएका छन् । स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका – ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेहरुमा वालिङ नगरपालिका – ८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुपहाडको भीरबाट ढुंगा खसेपछि अर्का एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । तर, ट्याक्सी नम्बर भने खुल्न सकेको छैन । ट्याक्सीमा ढुंगा खसिसकेपछि आगो निस्किएर ट्याक्सीसमेत जलेर एकै डल्लो भएको छ ।

घाइते भएकाहरुलाई पाल्पा अस्पतालमा उपचार भैरहेको जनाइएको छ । भुकम्पले सडक अवरुद्ध भए पछि केहि घण्टा सयौं यात्रुहरु विचल्लीमा परेका थिए । अहिले डोजर प्रयोग गरी सडक खुलेको छ । त्यस्तै भुकम्पका कारण वेहोस हुनेमा वालिङ् ८ बस्ने बर्ष २० की सुस्मिता गुरुङ्ग र छाङ्छाङ्दी ४ बस्ने अस्मीता काफ्ले रहेका छन् । उनीहरु अझै पनि अचेत अवस्थामा रहेको हुदाँ स्वास्थ्य चौकी वालिङ्मा भर्ना गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयराज पण्डितले जनाएका छन् ।

भुकम्पको धक्का महसुस हुने बेलामा सरकारी तथा निजी सबै स्कूलहरु पढाई संचालन गरिएको थियो । पढ्ने क्रममा विद्यालयका हल्एिपछि र केहि धक्का लागेपछि छात्रा र छात्रा १२ जना घाइते भएको जिल्ला बाल कल्याण समिति स्याङ्जाले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल, स्वास्थ्य चौकीमा उपचार गराईएको थियो भने अवस्था भने सामान्य रहेको बाल अधिकार अधिकृत बद्री प्रसाद वाग्लेले बताए । स्याङ्जामा मानवीय क्षति नभएको भन्नमा आए पनि घाइते भने गम्भीर अवस्थामा रहेका छन् । घरहरु थप कति भत्किए भन्ने कुरा अझै विवरण आउन नसकेको प्रहरीले जनाएको छ । बैकिङ्ग संस्थाहरु धरापमा रहेका छन् । उनीहरुले कार्यालय खोलेर सेवा दिने अवस्था भने रहेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %