देब पचभैया
पाल्पा, बैशाख २९
आज दिउसो आएको भुकम्पले पाल्पामा गुडिरहेको जिप दुर्घटना हुदा भुकम्प पिडितहरुलाई राहात बाड्न जादै गरेका १२ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गएको १२ गते आएको भुकम्पमा प्रभाबित भएकाहरुलाई राहात बितरणको लागी सदरमुकाम तानसेन बाट कोलडाडा गाबिसको वडा नम्बर ५,६ र ७ मा गएका पाल्पा ईसाई समाजका सदस्यहरु दुर्घटनामा परेका हुन् । लु १ ज ११११ नम्बरको जिप सडक बाट १५ मिटर तल खसेको थियो । भुकम्पले गुडिरहेको जिपको अगाडीको भाग माथि उठ्दा दुर्घटना भएको चालकले बताएका छन् । घाईतेहरुको युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।
यसै बिच आज आएको भुकम्प पछि त्रसित बनेका सारदा उच्च माबि दमकडाका दुई बिधार्थीको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भएको छ । कक्षा ८ र ९ मा अध्ययनरत दुई छात्राहरु भुकम्प पछि एक जना बेहोस भएको र एक जना काम्ने डराउने भएको स्थानियले जानकारी दिएका छन् ।
