पढाईरहेका शिक्षक भुकम्पमा भाग्दा बिधार्थीको बिचल्ली

Read Time:2 Minute, 57 Second

देब पचभैया

पाल्पा, बैशाख २९

मंगलबार दिउसो आएको भुकम्पमा पाल्पाका शिक्षकहरु बिधार्थी छाडेर बाहिरिए पछि बिधार्थीको बिचल्ली भएको छ । कक्षा कोठामा पढाईरहेका शिक्षकहरु भुकम्प आएपछि बिधार्थीलाई खबरै नगरी भागेपछि बिधार्थीहरुमा रुवाबासी चलेको थियो ।

जिल्लाका अधिकांश बिधालयका शिक्षकहरुले बिधार्थी बचाउनुको साटो आफै भागेको भन्दै बिधार्थी र उनीहरुका अभिभावकले गुनासो गरेका छन् । जनता उच्च माबि कक्षा ८ का छात्र बिष्णु घिमिरेका अनुसार भुकम्प आउने बितित्कै पढाईरहेका शिक्षकले लौ भुकम्प आयो भन्दै पहिल्लै कक्षा छोडेर भागेका थिए । बृन्दावन एकेडमी बोर्डिङ्ग स्कुल कक्षा ३ की छात्रा शारदा थापाले पनि भुकम्प आएको कुरा कक्षा शिक्षक भागेपछि मात्रै जानकारी भएको बताएकी छिन् ।

भुकम्प आएपछि छोरालाई सेन्टक्यापितानियो बोर्डिङ्गमा लिन जादा बिधार्थी बिच रुवाबासी चलेको आफुले देखेको अभिभावक सोभा थापाले बताइन ।
सिद्धिबिनायक बोर्डिङ्ग स्कुल कक्षा १ मा पढ्ने स्वहिता थापाले पनि भुकम्प आयो भन्दै शिक्षक भागेपछि दुई तलाबाट आफुहरु पनि भागेको बताएकी छिन् । भुकम्प पछि बिधार्थीलाई जोगाउनु साटो शिक्षकले नै बिवेक गुमाएको भन्दै अभिभावकहरुले बिधालयमा गएर असन्तुष्टी जनाएका छन् । भुकम्प पछि अभिभावकले छोराछोरीलाई घरमा लगेपछि पाल्पाका सबै बिधालय बन्द भएका थिए ।

यसै बिच गएको १२ गते आएको भुकम्प बाट प्रभाबित भएका पाल्पाका भुकम्प पिडितहरुलाई राहात प्रदान गर्न निजि तथा आसासिय बिधालय प्याब्सन पाल्पाको अगवाईमा संकलित ३ लाख २० हजार ४ सय १३ रुपिया जिल्ला दैबिक प्रकोप उद्धार समितिलाई प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्याब्सन पाल्पाका अध्यक्ष सुर्य प्रसाद घिमिरेले दैबिक प्रकोप उद्धार समितिका संयोजक एबं पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई सो रकम हस्तान्तरण गरेका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %