गोरखामा नेकपा–माओवादीको स्वयंसेवी अभियान

Read Time:2 Minute, 52 Second

पोखरा, २९ वैशाख

नेकपा–माओवादीले गत वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट अति प्रभावित गोरखाको बारपाक क्षेत्रमा उद्दार, राहत तथा पुनःनिर्माणका लागि स्वयंसेवी अभियान सञ्चालन गरेको छ ।

तमुवान राज्य संयोजन समिति अन्तर्गतका आठ जिल्लाका स्वयंसेवकहरू भूकम्प प्रभावित क्षेत्रमा जनसेवाका लागि खटिएको माओवादी केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’ले जानकारी दिए ।

गोरखाका भूकम्पको केन्द्रविन्दु रहेको बारपाकसहित लाप्राक, गुम्दालगायतका क्षेत्रमा पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सदस्य परशुराम रम्तेलको नेतृत्वमा स्वयंसेवकहरू जनसेवामा खटिएको नेता अजितले जानकारी दिए ।

यसैबीच, नेकपा–माओवादीका सचिव देव गुरुङ पार्टीले सञ्चालन गरेको जनसेवा अभियानका क्रममा भूकम्प अति प्रभावित क्षेत्र गोरखाको बारपाक क्षेत्रको स्थलगत भ्रमण गरी मंगलबार साँझ सिम्जुङको बालुवा पुगेका छन । स्थलगत भ्रमणका क्रममा सचिव गुरुङले स्थानीय गाउँलेहरूसँग अन्तरक्रिया समेत गरेका छन ।

सचिव गुरुङले भूकम्प प्रभावित क्षेत्रमा तत्कालका लागि राहत सामग्री पुगेपनि दीर्घकालिन रूपमा कुनै व्यवस्था नभएकाले दीर्घकालिन रूपमा पुनस्र्थापना र राहतका लागि सरकारको ध्यानाकर्षण गराए । हाल पु¥याएको राहतले वर्षात्सम्म पनि नधान्ने अवस्था भएकाले वर्षात्को समयमा बारपाक, लाप्राक र गुम्दाका तीन हजार भन्दा बढी घरधुरी प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै गुरुङले तत्काल दीर्घकालिन व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरेका छन ।

भूकम्पको केन्द्रविन्दु मानिएको बारपाकको वडा नं. १ स्थित मान्द्रे गाउँको बस्ती नै अन्यत्र सार्नुपर्ने देखिएको भन्दै गुरुङले प्राविधिक जाँचविना पुनःनिर्माणको कार्य सुरु गरिनु उचित नहुने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %