राम अस्लामी मगर
मलेशिया, मगर संघ मलेशिया का कार्यबाहक अधक्ष्य प्रेम पुलामी मगरको अधक्ष्यता बसेको बैठकले आगामी जुलाई १८ तारिख छैटोऔ अधिबेशन गर्ने निर्णय गरेको छ।
बैठकमा क्षेत्रीय कमिटि पेनागका सल्लाकार तथा संघका बरिस्ठ उपाधक्ष्य एन .बि पुन मगर र जोहोर ईकाई कमिटिका महिला उपाधक्ष्य पुश्मिता ठाडा मगरको पनि उपस्थिती रहेको थियो ।
हालै नेपालमा भएको विनाशकारी भुकम्प बाट दिबंगत हुनु भएका मृत आत्माको चिर शान्तिको लागि १ मिनट मौन धाराणा गरि घाईते भएका सबै प्रति शिघ्र स्वाथ्यको कामना गर्दै उपस्थिति सबै सदस्यहरु बीच परिचयात्मक कार्यक्रम संगै अन्तरक्रिया कार्यक्रम भएको थियो ।
अन्त्रकिर्या कार्यक्रममा सबै उपस्थिती सदस्य साथीहरुले आ-आफ्नो धारणा राखेका थिए । नयाँ आगन्तुक मगर जुझारु युबा तथा मगर चेली पुषमिता ठाडा, रुपेन आले , धन बहादुर राई मगर, सागर गाहा मगर, यम आले, रतन राज पुन र दिपक पुलामी मगर लाई संघका कार्यबाहक अधक्ष्य र बरिस्ठ उपाधक्ष्य एन बि पुन मगरले खादा अोढाएर सम्मान गरेका थिए ।
बैठकले प्रस्तावित ५ बुँदामा गहन छलफल गरि सर्बसहमत् बाट निर्णय गरेको छ । अधिबेशन सफलता र थप मनोरन्जनको निम्ति नेपाल बाट २ जना राष्ट्रिय कलाकार गायक त्रिलोक राना मगर र लोक गायिका अमृता लुन्गेली मगर (कलाकार को समय अनकुल भएमा हेरफेर हुन सक्ने ) लाइ ल्याउने बैठकले पारित गरेको छ ।
अधिबेशन सफलताको निम्ति दिपक सुनाखरीको सयोजकत्वोमा ७ सदस्य अधिबेशन समिति बनाइएको संघका महासचिब राम अस्लामी मगरले जानकारि दिए ।