भूकम्प राहत संकलनको विवरण सार्वजनिक गर्न नेपाली दुतावास बहराइनको सुचना

अहिले सम्म उठेको  राहत रकम प्रधान मन्त्री कोषमा जम्मा गर्न अपिल 

कृष्ण सारू मगर

बहराईन १२ मे, जुफैर स्थित नेपाली दुतावास कार्यलमा बसेको आकस्मिक बैठक बसेको छ । गएको २६ अप्रिल आईतबारका दिन विभिन्न संघ संस्था संगठनका प्रतिनिधि तथा समाजसेवी, भद्रभलाद्मी एवंम बुद्धिजिविहरूको उपस्थितिमा उक्त बैठक बसेको थियो ।

भूकम्प महाशाखा केन्द्रको मापन अनुसार ७.९ रेक्टर स्केलको भुकम्प गएको २५ अप्रिल शनिबारका दिन बिहान ११.५६ बजे गोरखालाई केन्द्र विन्दु रहेको थियो । ७।९ रेक्टरको भूकम्पले नेपालका बिभिन्न भागमा ईतिहासकै ठुलो प्राकृतिक प्रकोपका कारण देशले ठूलो धनजनको क्षति ब्यहोर्नु परेको हुँदा अबिलम्ब बिपत्तिलाई राहत तथा उद्धार उत्थानकालागी बैठक संपन्न गरेको थियो ।

सोही बमोजिम उक्त प्राक्रतिक प्रकोप महाभूकम्प जस्तो अकल्पनिय घटनामा परेकाहरूको तत्काल राहतका लागी तल उल्लेखित निम्न तपशिल रहेको खातामा कुनै पनि व्यक्तिले स्वंयम जम्मा गर्न सक्ने प्रावधान रहेता पनि बहराईनमा स्थापित सम्पुर्ण नेपाली समाजहरूले संकलित सह्योगमा भने कहि कतै दुरूपयोग नहोस भन्ने हेतुले त्यसको लेखा जोखा दुतावासको प्रत्यक्ष निगरानीमा रहेको हुँदा के कति संकलन भएको छ सो को विवरण अबिलम्ब संकलित राहत तत्काल दुतावासलाई बुझाउन सुचना सार्वजनिक गरेको छ ।

क्लबको संयोजकत्वमा संकलित सह्योगलाई बहराईन स्थित आर्थिक राहत सहयोग संकलन अभियानको बिस्तृत विवरण सहित नेपाली दुतावास बहराईनलाई प्राप्त नेपाल सरकार र गृह मन्त्रलयले जारी गरेको परिपत्रमा उल्लेखित शोकमग्न राष्ट्र र नेपालीहरूमा परेको बिपत्तिलाई सह्योग संकलनका लागी प्रधानमन्त्री संयुक्त राहतकोष बैँक खातामा अविलम्म जम्मा गर्न/गराउन सार्वजनिक सुचना जारी गरेको नेपाली दुतावासका तृतिय सचिव ओम भण्डारीले जानकारी दिएका छन ।

१-एभरेष्ट बैँक खाता नं.00101102200012/00100105200270/
२-ग्लोवल बैँक खाता नं.0411010000005
३-नेपाल बंगलादेश बैँक खाता नं.035141C
४-नेपाल बैँक लि। काठमाण्डौ, खाता नं.002-11-053313
५-स्टाण्डर चार्टर बैँक खाता नं.01-0132438-01