रूद्र श्रीसमगर
पोखरा, २७ वैशाख
नेपाल मगर बौद्ध सेवा समाज कास्कीको १५ औं नियमित बैठक नेपाल मगर संघ बागमारा भरतपोखरी इकाई समितिको कार्यालयमा सम्पन्न भएको छ ।
सोही बैठकका अवसरमा नेपाल मगर बौद्ध सेवा समाज कास्कीका सल्लाहकार बौद्ध विज्ञ टीबी पुनमगर नेपाल मगर बौद्ध सेवा समाजको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन ।पुनमगरलाइ २५५९ औं बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्म दर्शनमा योगदान दिएको भन्दै बधाई तथा सम्मान समेत गरिएको थियो ।
साथै, सोहि अवसरमा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय सदस्य एवं कास्कीका सल्लाहकार सूर्य बहादुर थापामगरलाई समेत सम्मान गरिएको थियो ।
प्रस्तावित मगर बौद्ध बिहार बागमारा कास्कीमा भएको सो सम्मान कार्यक्रमको अध्यक्षता नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्र बहादुर मसरांगी मगरले गरेका थिए भने स्वागत मन्तव्य सदस्य नारायण गाहामगर र सचिव केबी थापामगरले सञ्चालन गरेका थिए । त्यसैगरी, पुन मगर समाजका केन्द्रीय सदस्य राम बहादुर पुनमगरले धन्यवाद ज्ञापन गरेका थिए ।
