ज्ञानेन्द्र पुनमगर
यहि २०७२ बैशाख १२ गते नेपालमा आएको महाविनाशकारी महाभूकम्पबाट पिडित भएकाहरुलाई सहयोग गर्न मगर अन्तराष्ट्रिय मञ्चको आवहानमा मञ्चको सदस्य राष्ट्रहरुद्धारा संकलन गरिएको राहत तथा सहयोगलाई नेपाल मगर संघ केन्द्रीय समितिको संयोजनमा वितरण अभियान निरन्तर जारी छ । अहिले सम्म यस अभियानमा मगर संघ हंङकङले करिब २४ लाख बराबरको नगद तथा जिन्सी आएको छ भने अरु देशहरुमा राहतहरु संकलन भईरहेको छ । अहिले विभिन्न जिल्लाहरु (सिन्धुपाल्चोक, गोरखा, धादिङ, रामेछाप मा राहतको कार्यक्रमहरु वितरण गरिएको छ भने नुवाकोट, रसुवा, काभ्रे लगायतको जिल्लाहरुमा तत्कालै वितरण गर्ने योजना रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाबिस:
मिति २०७२ बैशाख २३ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाबिसको ६ नम्बर वडाको रानाथोक गाउमा राहत वितरण गरिएको छ । नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगर अन्तराष्ट्रिय मञ्चको प्रतिनिधी तथा मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, कोषाध्यक्ष निलम थापामगर, नेपाल मगर संघको सचिव द्धय ज्ञानेन्द्र पुनमगर र रक्षाबहादुर रैकामगर, कोषाध्यक्ष राजेन्द्र थापामगर, केन्द्रीय सदस्य पद्मा आलेमगर, डा. राजेन्द्र पुनमगर र मिस मगर हङकङ पूजा रानामगर लगायतको उपश्थितिमा त्यहाँका स्थानिय प्रभावितहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्रीहरुमा ५० थान त्रिपाल, २ झोला लगाउने कपडाहरु, १५ थान टर्चलाईटहरु, १ झोला महिलाहरुको लगाउने लुगा हरु वितरण गरिएको थियो । स्थानिय प्रभावितहरुको प्रतिनिधित्व केबल आलेमगरले गर्नुभएको थियो ।
गोरखा जिल्लाको मुतचोक, जौबारी र सिंन्जुङ गाविसः
मिति २०७२ बैशाख २४ गतेका दिन गारखा जिल्लाको मुतचोक गाविसको मानेगाउ, जौबारी गाबिसको फिनाम र सिंन्जुङ गाविसको पोखरातार गाउमा राहत वितरण गरिएको छ । नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगर अन्तराष्ट्रिय मञ्चको प्रतिनिधी तथा मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, कोषाध्यक्ष निलम थापामगर, नेपाल मगर संघको सचिव ज्ञानेन्द्र पुनमगर, केन्द्रीय सदस्य पद्मा आलेमगर, डा. राजेन्द्र पुनमगर र मिस मगर हङकङ पूजा रानामगर लगायतको उपश्थितिमा त्यहाँका स्थानिय प्रभावितहरुलाई निम्नबमोजिम विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । मुतचोक गाविसको मानेगाउमा ७० बोरा चामल, ७० लि. तेल, छ बोरा दाल, ७० केजी नुन, २३ थान त्रिपाल, महिला कपडा, ५० थान, कपडाहरु २ झोला, औषधी प्याकेट ५० पोका वितरण गरिएको थियो ।
जौबारी गाबिसको फिनाम गाउमा ७० बोरा चामल, ७० लि. तेल, ६ बोरा दाल, ८० केजी नुन, २७ थान त्रिपाल, महिला कपडा ५० थान, कपडाहरु २ झोला, औषधी प्याकेट ५० पोका वितरण गरिएको थियो । र सिंन्जुङ गाविसको पोखरातार गाउमा ६० बोरा चामल, ६० लि. तेल, ६ बोरा दाल, ६० केजी नुन, २५ थान त्रिपाल, महिला कपडा ५० थान, कपडाहरु २ झोला, औषधी प्याकेट ५० पोका वितरण गरिएको थियो ।
धादिङ जिल्लाको सलाङ गाविस:
मिति २०७२ बैशाख २५ गतेका दिन धादिङ जिल्लाको सलाङ गाविसको गौथले गाउमा राहत वितरण गरिएको छ । नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगर अन्तराष्ट्रिय मञ्चको प्रतिनिधी तथा मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, कोषाध्यक्ष निलम थापामगर, नेपाल मगर संघको उपाध्यक्ष गगाबहादुर थापामगर, महासचिव नविन रोकामगर, सचिव ज्ञानेन्द्र पुनमगर, सचिव रक्षाबहादुर रैकामगर, कोषाध्यक्ष राजेन्द्र थापपामगर, केन्द्रीय सदस्य पद्मा आलेमगर, डा. राजेन्द्र पुनमगर र मिस मगर हङकङ पूजा रानामगर लगायतको उपश्थितिमा त्यहाँका स्थानिय प्रभावितहरुलाई निम्नबमोजिम विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । यस गाउमा ६० बोरा चामल, ६० लि. तेल, ६० केजी बोरा दाल, ११० केजी नुन, महिला कपडा ६० थान, कपडाहरु २ झोला, औषधी प्याकेट ५० पोका वितरण गरिएको थियो ।
भक्तपुरको पलासे र ललितपुरको लुभु र लामाटार:
मिति २०७२ बैशाख २६ गतेका दिन भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका को मगर बस्ती पलासेका पिडितहरुलाई र ललितपुर जिल्लाको लुभु र लामाटारमा प्रभावितहरुलाई भेटेर उहाँहरुको अवस्था, सरकारी तथा अन्य राहतको बारेमा बुझिएको थियो । मगर अन्तराष्ट्रिय मञ्चको प्रतिनिधी तथा मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, नेपाल मगर संघको उपाध्यक्ष गंगाबहादुर थापामगर, महासचिव नवीन रोकामगर, सचिव ज्ञानेन्द्र पुनमगर, सचिव रक्षाबहादुर रैकामगर, केन्द्रीय सदस्य पद्मा आलेमगर, डा. राजेन्द्र पुनमगर र मिस मगर हङकङ पूजा रानामगर लगायतको उपश्थितिमा त्यहाँका स्थानिय प्रभावितहरुसंग भेटघाट गरिएको थियो । आज मिति २०७२ बैशाख २७ गतेका दिन राहत वितरण टोली रामेछापको देउराली गाबिसमा पुगेको छ भने भोली नुवाकोट, रसुवा र काभ्रे राहतका लागि पुग्ने योजना रहेको छ ।
त्यसै गरि अन्य जिल्लाहरुबाट राहतको माग अत्याधिक धइरहेको हुदा पुनःराहतको कार्यक्रम बनाउनुपर्ने भएको छ । तर, आर्थिक अभावका कारण अन्य जिल्लाहरुमा तत्काल राहतका कार्यक्रमहरु बनाउन सकिएको छैन । तत्काल राहतका लागि विभिन्न देशमा संकलन गरिएको रकम तत्काल पठाएमा हाम्रो अभियानले थप तिब्रता पाउनेछ । धन्यवाद् ।
