नेपाल मगर संघ माटेपानीको अध्यक्षमा चन्द्र प्रकाश थापा मगर, मगर महिलाको अध्यक्षमा देऊ रुपा श्रीसमगर

Read Time:5 Minute, 55 Second

रूद्र श्रीसमगर

पोखरा, २६ वैशाख, नेपाल मगर संघ माटेपानी एकाइ समिति, पोखराको अध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक चन्द्र प्रकाश थापा मगर निर्विरोध निर्वाचित भएका छन ।

शनिबार सम्पन्न २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट उपाध्यक्षमा मानबहादुर राना मगर, सचिवमा जीतबहादुर अस्लामी मगर, सह–सचिवमा ज्ञानबहादुर थापा मगर र कोषाध्यक्षमा नरेश आले मगर निर्वाचित भएका छन । त्यसैगरी, आगामी दुई बर्से कार्यकालका लागि नवनिर्वाचित सदस्यहरूमा लीलाबहादुर थापा मगर, देवी थापा मगर, सुकु राना मगर, टीका राना मगर, सु. गन बहादुर राना मगर र प्रेमबहादुर थापा मगर रहेका छन ।

त्यस्तै, आगामी जेठ १५ गते हुने नेपाल मगर संघ कास्कीको सातौं जिल्ला अधिवेशनका लागि पाँच जना जिल्ला अधिवेशन प्रतिनिधि समेत सो अधिवेशनले चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष डिलबहादुर श्रीसमगर सहित दलबहादुर श्रीसमगर, रामबहादुर मगर, देऊ रुपा श्रीसमगर र दुर्गा राना मगर रहेका छन । त्यस्तै, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिको अध्यक्षमा देऊ रुपा श्रीसमगर निर्विरोध निर्वाचित भएकी छिन ।

शनिबार नै संयुक्त रुपमा भएको पाँचौं अधिवेशनबाट उपाध्यक्षमा दुर्गा राना मगर, सचिवमा दुर्गा सारू मगर, सह–सचिवमा कृष्णा थापा मगर, कोषाध्यक्षमा डुन माया थापा मगर र सह–कोषाध्यक्षमा रेशम कला थापा मगर निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी, सदस्यहरूमा चोली कुमारी थापा मगर, उमाया राना मगर, माया थापा मगर, सन्तु राना मगर, विष्णु (अनिता) राना मगर, पार्वती थापा मगर, पूर्ण माया आले मगर, लक्ष्मी श्रीसमगर र डिल माया थापा मगर रहेका छन ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरको संयोजकत्वमा जिल्ला कोषाध्यक्ष भीमबहादुर मास्की मगर, माटेपानी एकाइका पूर्व अध्यक्ष सह–प्रा. मोतिश्वर थापा मगर र ई. बमबहादुर श्रीसमगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई माटेपानी एकाइका पूर्व अध्यक्ष सह–प्रा. मोतिश्वर थापा मगर र निवर्तमान अध्यक्ष डिल बहादुर श्रीसमगरले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नेपाल मगर संघ माटेपानी एकाइ समितिका नवनिर्वाचित अध्यक्ष पूर्व सई चन्द्र प्रकाश थापा मगर र मगर महिलाकी अध्यक्ष देऊ रुपा श्रीसमगरले प्रतिबद्धता, मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले आगामी जेठ १५ गते जिल्ला अधिवेशन हुने जानकारी दिँदै त्यसको तयारीमा जुट्न आग्रह गरेका थिए । साथै, अध्यक्ष रानाम गरले महाभूकम्पका कारण देश शोकमा रहेको भन्दै सबैले आ–आफ्नो तर्फबाट सक्दो राहत संकलनका आग्रह गर्दै नेपाल मगर संघ कास्कीले समेत राहत संकलन गरेर वितरणको तयारीमा रहेको जानकारी गराए ।

उद्घाटन कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूल कुमारी थापा मगर, मगर भाषा प्रतिष्ठान कास्की शाखाका उपाध्यक्ष रूद्र बहादुर हितान मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, मगर चलचित्र रैंयाँकी निर्मात्री तारा माया थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल मगर संघ माटेपानी एकाइको तर्फबाट अध्यक्ष डिल बहादुर श्रीसमगर र नेपाल मगर महिला संघ माटेपानी एकाइको तर्फबाट अध्यक्ष देऊ रुपा श्रीसमगरले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने मगर संघका कोषाध्यक्ष नरेश आले मगर, भलाइकोषका कोषाध्यक्ष ज्ञान बहादुर थापा मगर र मगर महिलाकी कोषाध्यक्ष डुन माया थापा मगर तथा का.वा. सचिव दुर्गा सारु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष डिल बहादुर श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीत बहादुर अस्लामी मगरले गरेका थिए भने उपाध्यक्ष चन्द्र प्रकाश थापा मगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %