निश्चल काउचा
सोल- बैशाख १२ गते९२५ अप्रिल २०१५० शनिवार नेपालमा गएको प्रलयकारी भुकम्पमा परि हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९ सय १४ पुगेको छ । त्यस्तै, १६ हजार ३५ जना घाइते भएका छन् भने अर्बौको भौतिक क्षति पुगेको छ । देशलाई आईपरेको बिपतको घडीमा थोरै भए पनि मल्हम लगाउने उदेश्यका साथ् नेपाल मगर संघ कोरियाले सुरु गरेको राहत संकलन अभियान अन्तर्गत भुकम्पले अति प्रभावित जिल्ला गोर्खावाट राहत वितरण सुरु गरेको छ ।
संस्थाका नेपाल प्रतिनिधिहरु छ्याम थापा मगर संस्थापक भूपू अध्यक्ष कोरिया उप-संयोजक हेमन्त थापा मगर अध्यक्ष नेपाल मगर संघ जिल्ला कमिटी स्याङ्जा आर्थिक सयोंजक सीपी मगर निवर्तमान महा सचिव कोरिया जुनु पुन मगर, तारा देवी थापा मगर, अजिता थापा मगर, गोबिन्द ल्हाए मगर, अर्जुन बिर्कट्टा मगर, आनन्द सारु मगर, हिमाल सारु मगर लगायतका सदस्यहरुवाट राहत स्वरुप दैनिक उपभोग्य बस्तुका साथै जस्ता पाता वितरण गरिएको थियो । गोर्खा जिल्ला पछि लगत्तै धादिङ, सिन्धुपाल्चोक लगायत अन्य प्रभावित क्षेत्रमा राहत वितरण गरिने संस्थाका नेपाल प्रतिनिधी सिपी मगरले जानकारी दिएका छन् ।
संस्थाले संकलन गरेको कोरियन वन् १,७०,००,०००।–एक करोड सत्तरी लाख नेपाली रुपैंया करिब १६,००,०००।–अक्षरुपी सोह्र लाख पहिलो चरणमा नेपाल पठाईएको थियो । संस्थाले यहि मे १५ सम्म राहत संकलन कार्य जारी रहने जानकारी गराउदै सहयोग गर्न छुट्नु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । मे १५ सम्म उठेका सम्पूर्ण रकम दोस्रो चरण भुकम्प पिडितलाई राहात स्वरुप पठाईने जानकारी दिदै सहयोग गर्नु हुने सम्पूर्ण मानुभावहरुको नाम सामाजिक संजाल र अनलाईन मिडियामा राखिने पनि संस्थाले जनाएको छ ।