विनोद रखाली मगर
वालिङ् , वैशाख २५- रेडक्रसको सिद्धान्त – व्यवहारमा भन्ने उद्धघोषका साथ मनाइएको अन्तराष्ट्रिय रेडक्रस दिवशको सन्दर्भमा वालिङ् भुम्रे स्थित पिस जोन इन्टीग्रेटेड स्कुलमा नेपाल जुनियर रेडक्रस सर्कलको ११ सदस्यीय पुर्नगठन कार्य सम्पन्न भएको छ ।
सर्कलको अध्यक्षमा इन्दिरा गैह्रे , उपाध्यक्षमा सस्ंकृत श्रेष्ठ , सचिवमा पुरन पौडेल , सहसचिवमा सन्दिप पौडेल , कोषाध्यक्षमा सुगम श्रेष्ठ चयन भएका छन् । समितिको अन्य सदस्यहरुमा सुरज पौडेल , पुजा थापा , रन्जु श्रेष्ठ , मणि न्यौपाने लगाएत रहेका छन् ।
सर्कलको सरंक्षकमा विद्यालयका प्रिन्सीपल याम प्रसाद डुम्रे , शिक्षक नायकमा खत्रि , सह शिक्षक नायकमा रेखा थापा चयन भएका छन् । पुनगर्ठन कार्यक्रममा विद्यालयका भाइस प्रिन्सीपल पुरनचन्द्र गैह्रे , शिक्षक उमानाथ सापकोटा लगाएतले रेडक्रसको सिद्धान्त, अवस्था र नेपालमा गएको विनाशकारी भुकम्पको सन्दर्भमा रेडक्रसको भुमिका वारे वोलेका थिए ।
कार्यक्रम विद्यालयका सस्थांपक शिक्षक सचितानन्द यादवको अध्यक्षता र शिक्षक ज्ञानेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको थियो । यसैविच विश्व रेडक्रस दिवशको सन्दर्भमा स्याङ्जाका विभिन्न विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले शुभकामना तथा सहयोग सङ्कलन कार्य सम्पन्न गरेको छ ।
गल्याङ्मा जुनियर रेडक्रस सर्कल गल्याङ् भु.पु. सैनिक सेकेण्डरी स्कुल , चिराग आवाशिय उच्च मा.वि लगाएतले सहयोग सङ्कलन गरेका थिए ।
