स्याङ्जाका भुकम्प पिडितलाई ५ हजार वाडियो

Read Time:1 Minute, 1 Second

विनोद रखाली मगर

गल्याङ् , वैशाख  २५ – स्याङ्जामा विनाशकारी भुकम्प देखि वढि प्रभावित गाँउमा तत्काल नगद रुपैयाँ राहत वितरण कार्य अगाडि वढाइएको छ ।

शुक्रवार निवुवाखर्क गाविसका विभिन्न गाँउका भुकम्प देखि विस्थापित २० घरलाई रु. ५ हजारका दरले रु. १ लाख वितरण गरिएको हो । स्याङ्जाका निर्वाचन अधिकृत गगांलाल सुवेदीको उपस्थितीमा उक्त नगद हस्तान्तरण गरीएको छ । जिल्लाका अन्य गाविसका भुकम्प पिडित परिवारलाई रु. ५ हजारका दरले तत्काल जिल्ला दैवि प्रकोप राहत कोष मार्फत वितरण कार्य तिव्र रुपमा अगाडि वढाइएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %