शीतलपथका युवाद्वारा गोरखाको पसलाङ र नाङ्लेपानीमा राहत वितरण

Read Time:56 Second

रूद्र श्रीसमगर

पोखरा, २३ वैशाख
शीतलपथका युवाहरूले भूकम्प प्रभावित गोरखाको पसलाङ र नाङ्लेपानीका भूकम्पपीडितहरूलाई राहत सामग्री वितरण गरेका छन् ।
अनुज लम्सालको नेतृत्वमा गएको टोलीले करिब ६० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो । राहत वितरणका क्रममा टोलीका सुरज शर्माले भूकम्पजस्तो महाविपत्ति गोरखाको मात्रै नभएर सम्पूर्ण नेपालकै रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने घोषणा समेत गरे ।
राहत वितरण कार्यक्रमको संयोजन सुशान्त पोखरेलले गरेका थिए । सो अवसरमा त्रिपाल, चामल दाल र लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %