रूद्र श्रीसमगर
पोखरा, २४ वैशाख
नेपाल रेडक्रस सोसाइटी अर्मला उपशाखाले भूकम्पपीडितका लागि संकलित राहत रकम कास्की जिल्ला रेडक्रसलाई हस्तान्तरण गरेको छ ।
बिहीबार भएको एक कार्यक्रमका बीच अर्मला उपशाखाका सभापति रेशमलाल आचार्यले कास्की जिल्ला रेडक्रसका मन्त्री कृष्णप्रसाद तिमिल्सिनालाई राहत रकम ७५ हजार ५ सय ५० रुपैया हस्तान्तरण गरेका छन । राहत रकमसाथै जिन्सीका रुपमा एक बोरा चामलसमेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै अर्मला समाज युकेका अध्यक्ष क्या. तीर्थबहादुर गुरुङले भूकम्पपीडित अर्मलाबासीका लागि युकेमा संकलन गरिएको राहत रकम १ लाख ५१ हजार रुपैया स्थलगत अध्ययन पश्चात रेडक्रसको रोहवरमा वितरण गरिने प्रतिबद्धता जनाए ।
उपशाखाका सभापति रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव दुर्गादत्त आचार्यले गरेका थिए भने उपसभापति कुलप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
