विनोद रखाली मगर
गल्याङ, वैशाख २४ – वैशाख १२ गते गएको विनाशकारी भुकम्प देखि घरवार विहिन स्याङ्जाली भुकम्प पिडितका लागी जगत्रदेवि – ८ ,फलाङ् , निवासी समाजसेवि टेकनाथ न्यौपानेले विहीवार एक कार्यक्रमका विच रु. १ लाख ५ हजार रुपैयाको चेक स्याङ्जाका प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे मार्फत जिल्ला दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् ।
सहयोग हस्तान्तरण गर्दै न्यौपानेले समाजसेवाको लामो जिवन विताउदै गर्दा अहिलेको विनाशकारी भुकम्पले निम्त्याएको पिडाले आफु निकै दुखित भएको भन्दै सच्चा पिडितको हातमा सहयोग पुर्याउन आग्रह गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले समाजसेवि न्यौपानेलाई धन्यवाद दिदै स्याङ्जा जिल्लामा कुनै मानविय घटना नभए पनि अवौंको भौतिक क्षति भएकाले सरकार समक्ष सङ्कटग्रस्ट जिल्ला घोषणा गर्न माग गरेको जनाइन् । साथै घिमिरेले शुक्रवार देखि पहिलो चरणका कार्यक्रम अन्तरगत जिल्लाका वढि प्रभावित ६ गाँउमा रु. ५ हजारका दरले नगद सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।
कार्यक्रमकै अवशरमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ , गल्याङ् इकाईको तर्फ देखि रु. ५० हजारको भौचर प्रजिअ घिमिरेलाई समितिका सचिव महेश भट्टराईले हस्तान्तरण गरेका थिए । जगत्रदेवि गाविसका सचिव डोलराज वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन लक्ष्मि टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगरले सन्चालन गरेका थिए ।
