नेपाल मगर संघ गणतन्त्र कोरियावाट भुकम्प पिडितलाई रु १६ लाख सहयोग

Read Time:4 Minute, 4 Second

निश्चल काउचा / सोल 

०५ मे २०१५ ,
गत आईतबारको दिन सोलको दोङ्देमुन स्थित नेपाल मगर संघ गणतन्त्र कोरियाको कार्यलयमा अध्यक्ष खड्क थापा मगरको अध्यक्षतामा बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो । बैठकले बैशाख १२ गते(२५ अप्रिल २०१५) शनिवार नेपालमा गएको प्रलयकारी भुकम्पमा परि ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरु प्रति चिर शान्तीको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित यो अकल्पनिय प्राकृतिक विपत्तीको घडीमा हामी सबै नेपालीले आत्माविश्वास नगुमाई आ-आफ्नो क्षमता अनुरुप उद्धार र राहत कार्यमा जुटेर सहयोग गर्नु सबैको कर्तव्य हो पनि भनेको छ।


महा-सचिव सुब्बा राना मगरका अनुसार संघले महा-भुकम्प पिडितहरुको राहतको लागि सहयोगी मन भएका कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु तथा विदेशी दाताहरुबाट २०१५ मे ३ तारिक सम्म खातामा जम्मा भएको कोरियन वन् १,३२,००,०००।–(एक करोड बत्तिस लाख), संघको आपत्कालिन कोषबाट कोरियन वन् ३०,००,०००।– (तीसलाख) र अप्रिल १९ तारिक को दिन माईग्रेन्ट हाउस सेन्टर किम्हे द्वरा आयोजित “पांचौं माईग्रेन्ट भलिबल खेल प्रतियोगितामा नेपाल मगर संघका खेलाडीहरुले सानदार खेल प्रदर्शन गर्दै प्रथम स्थान हांसिल गरि प्राप्त भएको कोरियन वन् ८,००,०००।–(आठ लाख) समेत भुकम्प पिडित लाई नै प्रदान गर्ने निर्णय गर्दै पहिलो चरणमा जम्मा कोरियन वन् १,७०,००,०००।–(एक करोड सत्तरी लाख) नेपाली रुपैंया करिब १६,००,०००।–(अक्षरुपी सोह्र लाख) तत्कालै पठाउने निर्णय गर्दै नेपाल मगर संघ गणतन्त्र कोरियाका नेपालका प्रतिनिधीहरु १) संयोजक छ्याम थापा मगर( संस्थापक भू.पू. अध्यक्ष कोरिया) २)उप-संयोजक हेमन्त थापा मगर (अध्यक्ष नेपाल मगर संघ जिल्ला कमिटी स्याङ्जा) ३) आर्थिक सयोंजक सी.पी. मगर (निवर्तमान महा-सचिव- कोरिया) ४) नेपाल मगर संघ केन्द्रिय समितिबाट एक जना प्रतिनिधी) ५) जुनु पुन मगर ६) तारा देवी थापा मगर ७) अजिता थापा मगर ८) गोबिन्द ल्हाए मगर ९) अर्जुन बिर्कट्टा मगर १०) आन्नद सारु मगर ११) हिमाल सारु मगर ले मगर संघ गणतन्त्र कोरियाको सल्लाह सुझाबमा रहेर भुकम्प पिडित राहत कोष नेपालको कार्यविधी अनुसार नेपाल सरकार, अन्य सम्बन्धित निकायसंग समन्वय (कार्यविधी अनुसार संघको प्रतिनिधीहरुले आफै वितरण गर्न मिलेमा पिडित क्षेत्रमा आफ्नै नेतृत्वमा राहत वितरण गर्ने) गरि गोरखा, धादिङ्, सिन्धुपाल्चोक लगायत अन्य प्रभावित क्षेत्रमा अत्यावश्यक सामाग्रीहरु जस्तै खाधन्न, ड्राई फूड,लत्ता कपडा लगायत अन्य आवश्यक बस्तुहरु प्रभावित ठाउंमै गएर वितरण गर्ने निर्णय गरेको पनि गरेको छ |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %