ज्यान जोखिममा राखेर भुकम्प पिडितलाई राहात वितरण

Read Time:3 Minute, 53 Second

दिपा आले /सिन्धुपालञ्चोक

  महाभुकम्पबाट पीडित सिन्धुपालञ्चोक स्थित बरकोबोट सांगा चोक र डुम्रेगाउं मांझी बस्तीमा १७ गते शुक्रबार राहात वितरण गरियो ।

काठमाडौंबाट सहयोगी टिमहरु विहानै उक्त क्षेत्रमा प्रस्थान गरेको थियो । भुकम्पमा परि खाना समेत नपाएको खबर प्राप्त भए लगत्तै काठमाडौंबाट विद्यार्थी, नागरिक समाजका व्यक्तिहरु सो गाउंतिर लागेको हो ।

उक्त क्षेत्रकोलागि राहात सामाग्री चामल ९०० के जी , चिउरा ६०० के जी , चाउ चाउ २०० के जी , मुरै ८८ के जी , पिउने पानि १५ कार्टुन लगायत वितरण गरियो । ८६ घर परिवार रहेको त्यस गाउमा करिब ९९ ५ घरहरु पुर्ण रुपमा ध्वस्त भएको  छ । काभ्रे जिल्लाको एउटा बिकट माझि बस्ति वडा नम्बर ६ डुम्रे  गाउको ३६ वटै घर पूर्ण नस्ट भएको छ । सोही गाउंका मांझी बस्तीमा पनि राहात सामाग्री वितरण गरियो । मांझी बस्तीका अगुवा कुमार मांझीले अहिले सम्म आफूहरुलाई उद्दार गर्न सरकार नअएको बताए । उनले भने हाम्रो गास बास र कपासकोलागि सरकारको बाटो हेरिरहेका छौं ।

  १२ गते आएको महाभुकम्पको कारण देशै भरि घटना भएपछि सेना, प्रहरी, सशस्त्र लगायतको टोलि भुकम्प गएको क्षेत्रमा पुगी उद्दार गर्न सफल भएपनि नागरिक समाज चाहेर पनि पुग्न नसकेको अवस्था थियो । विस्तारै भुकम्पको कम्पन घट्दै गएपछि आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि भुकम्प पीडितलाई उद्दार गर्न  सफल भएकोमा खुशी लागेको युवा विद्यार्थी मिग्मा शेर्पाले बताए ।

आफ्नो ज्यान जोखिममा राखेर भएपनि सहयोग हातहरु  मिग्मा शेर्पा, दिपक भेतुवाल, राजेश शर्मा, विदेशी नागरिक जोडी रिसेन्मे, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगर रवि शेर्पा, शासन क्षेत्री, शिरि सन्चोरी लगायतका विद्यार्थीहरु उक्त क्षेत्रमा भुकम्प पिडितलाई सहयोग गर्न गएको हो ।

महाभुकम्प पिडित क्षेत्रमा पुगेर प्रत्येक्ष जनतालाई भेट्दा अहिले पनि उनीहरु खुला रुख मुनि बसेर दिन बिताउन बाध्य छन् । कतिपय स्थानमा सरकार पुग्न नसकेको अवस्था छ । केही स्थानमा १७ गते शुक्रबार देखि सरकार राहातको सामाग्री लिएर पुगेका छन् । कतिपय ठाउंमा  सूचनाको अभावले गर्दा सरकार राहात लिएर पुग्न सकेको अवस्था छैन । जसले गर्दा त्यसको असर प्रत्येक्ष महाभुकम्प पीडित जनताले भोक्नु परेको छ ।

सयौं मांझी बस्ती जस्ता भुकम्प पिडित जनताहरु सरकार कहिले आउला र आफूलाई उद्दार गर्ला भनेर आशमा बसेका छन् । घरमा बसु भने घर छैन न त खाने खाना नै छ त्यसैले रुखको मुनि बसेर सरकारको आसमा बसेका हजारौं भुकम्पपिडितलाई उद्दार राहातकोलागि सरकार छिटैं पुग्न सकोस् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %