अमेरिकामा मनाए २५५९औ बुद्ध जयन्ती

Read Time:2 Minute, 38 Second

दिल प्रसाद थापा
अमेरिका, न्युयोर्क । बुद्ध धर्म मान्ने अमेरिकामा रहेको नेपाली १४ जातिय संघ संस्थाको साझा संगठन हिमालयन बुद्धिस्ट कम्युनिटीले अमेरिकाको न्यु योर्क स्थित ज्याक्सन हाइटमा २५५९औ बुद्ध जयन्ती आइतबार सम्पन्न गरेको छ ।


बुद्ध धर्म अनुयायी लगायत विभिन्न जातिय समुदायको अत्यन्तै बाक्लो उपस्थिती रहेको कार्यक्रममा नेपालमा भएको महा विनाशकारी भुकम्पमा परेका मृतकको सम्झनामा शोक सभा तथा पुजापाठ गरिएको थियो । न्युयोर्क स्थित किदुक गुम्बामा धार्मिक पुजापाठ तथा दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रम न्युयोर्क मै पहिलो पटक दुइ हजार पच्चीस सयको उपस्थितीमा शान्ति र्याली गरिएको थियो । सो कार्यक्रममा विशिष्ठ अतिथी अमेरिका स्थित नेपाली राजदुतका महा वाणिज्यदुतवासका भाइस काउन्सलर प्रविन भट्टराई , एनआरइएन अमेरिका का उपाध्यक्ष श्री पराजुली, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष डान्डु डोप्या, नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसङ वाइवा, शेर्पा लामा टुल्गु रिङपो छे, लोेपेन ग्युर्मी छोडक लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम हरेक वर्ष बुद्ध जयन्ती हर्ष उल्लासका साथ तथा विभिन्न विभिन्न सास्कृतीक कार्यक्रम आयोजना गरि मनाएता पनि यो वर्ष मातृभुमी नेपालमा विनाशकारी महाभुकम्प गएको हुदा भुकम्पमा मृत्यु हुनेको आत्माको शान्तीको लागि शोक सभा मौन धारण , पुजापाठ, दिप प्रज्वलन र भुकम्प पिडितको लागि राहत संकलन गरि मनाएको बुद्ध जयन्ती समारोहका सदस्य सचिव दोङबा होल्मो ले जानकारी दिएका थिए । कार्यक्रमको संयोजक शेर्पा किदुक अमेरिकाको अध्यक्ष दावा जाङबु शेर्पा रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %