देब पचभैया
पाल्पा, बैशाख २०
नेपाल मगर संघ पाल्पाको आयोजनामा नया बन्ने संबिधानमा मगर जातिको समाबेशीकरण सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । आदीबासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान काठमाण्डौको सहयोगमा भएको सचेतना कार्यक्रममा अधिबक्ताहरु डोलख बहादुर रास्कोटी र केयरसिंग रानाले मगरहरुको अवस्था, नया बन्ने संबिधानमा मगर जातिको अधिकार सुनिश्चित हुनुपर्ने कुराहरुको बारेमा कार्यपत्र मार्फत जानकारी दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दे नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा मगरले
मगरहरुमा राजनैतिक चेतना हुनुपर्नेमा जोड दिदै नया संबिधानमा अधिकार स्थापित गर्न सबै मगरहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिब यस कुमार गरम्जाले गरेका थिए । भुपु सैनिक कलब पाल्पाको सभाहल भगवतीटोलमा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष बसन्त घर्ती, केन्द्रिय सदस्य मोहन थापा, मगर संघ पाल्पाका सल्लाहकारहरु बल बहादुर राना, नबिन थापा, ओम बहादुर घर्ती, पत्रकार देब पचभैया लगाएतले मन्तब्य दिएका थिए ।
संबिधानमा मगर जातिको समाबेशीकरण सम्बन्धि कार्यक्रम सम्पन्न
Read Time:1 Minute, 51 Second
