अब मनले मन जोड्नु पर्छ

निश्चल काउचा

अघिल्लो शनिवारको महाभूकम्प पछि नेपालको दृश्य कारुणिक र हृदयविदारक छ । भुकम्पले क्षतबिक्षत बनाएका केही जिल्लाका दुर्गम बस्तीहरुमा अझै पनि उद्दार टोली र राहत सामाग्री नपुगेको तथ्यहरु बाहिर आईरहेका छन् । पक्कै पनि यी दुःखद खबरहरु हुन् । नेपालका दुर्गम बस्तीहरुमा राज्यको पहुच बर्षौ देखि पुगेको छैन । त्यो सबैलाई थाह भएकै बिषय भैगो । अहिले यस्तो बिपत पर्दा तत्काल ति दुर्गम बस्तीहरुमा पुग्ने भौतिक संरचना निर्माण राज्यले गरेको भएपो समयमा पुगोस ।
सरकारको औकातले जति भ्याएको छ या उसको क्षमता जति थियो त्यति नै गरेको छ । सकेर पनि नगरेको भए ईतिहासले यो सरकारको लेखाजोखा पक्कै गर्ने छ । सरकारले केही गरेन भनेर सामाजिक संजालहरुमा आक्रोस पोख्न भन्दा आफुले सकेको ठाँउवाट जेजस्तो सहयोग गर्न सक्छौ त्यहि गरे यो विपतको घडीमा लाख हुन्छ । नेपाली सेना, पुलिसले आफ्नो ज्यान हत्केलामा राखेरमा अहोरात्र खटिएकै छन् । उसो त हरेक सचेत नागरिकहरु पनि स्वतस्फुर्त रुपमा खटिएकै छन् ।