निश्चल काउचा
सोल- गत शनिबार नेपाल गएको अत्यन्त विनाशकारी महा भुकम्पले हामी सम्पूर्ण प्रवासी नेपालीहरु अत्यन्त निश्तब्ध भएका छौं । देश राष्ट्रिय शोकमा डुबिरहेको अबस्थामा छ । यस अत्यन्त संवेदनसिल घडीमा हामी नेपालीहरु हातमा हात समाई काधमा काध मिलाई एकजुट भएर लाग्नु पर्ने अबस्था आएको छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि राहत तथा सहयोग गरिरहेका अबस्थामा दक्षिण कोरियामा रहेको नेपाली हरुको छाता संगठन NCC (नेपाल सम्पर्क समिति) को संयोजकत्वमा भुकम्प पिडित हरुको लागी राहत संकलन कार्य सुरु गरिएको छ दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले आफुले सकेमा एकदिन को बेसिक तलब करिब ५०,००० कोरियन वन वा ईच्छा अनुसार सक्दो रकम सहयोग गरिदिनु हुन नेपाल मगर संघ दक्षिण कोरियाले हार्दिक आग्रह गरेको छ ।