मनोज घर्तीमगर
पोखरा, १६ बैशाख
बैशाख १२ गतेको विनासकारी भुकम्पले घर क्षतिग्रस्त भएका कास्की जिल्लाको सार्दीखोला गाविस वडा नं. २ र ३ का चार परिवारलाई सामुदायिक सेवा केन्द्र बगरले बुधवार राहत सामग्री वितरण गरेको छ ।
भुकम्पबाट पीडित शेरबहादुर विक, रामबहादुर विक, छली गुरुङ र निमबहादुर विकलाई सामुदायिक सेवा केन्द्रका अध्यक्ष जीवन अधिकारीको नेतृत्वमा सार्दिखोला पुगी राहत सामग्री त्रिपाल, कम्बल र म्याट हस्तान्तरण गरेको हो ।
कार्यक्रममा वडा नं. ३ का पुर्व वडा अध्यक्ष तोजा गुरुङले भकुम्प पीडितको पीडामा राज्यले वेवास्ता गरिरहेको बेला सामुदायिक सेवा केन्द्रबाट पहिलो पटक राहत सामग्री प्राप्त गर्दा पीडितहरु आफ्ना दुखमा राहत प्रदान गर्नेहरु पनि रहेछन भन्ने अनुभूति गरिरहेको बताउनुहुदै सेवा केन्द्रलाई धन्यवाद व्यक्त गर्नुभएको केन्द्रका सचिव गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको राहत सामग्री वितरण कार्यक्रमको संचालन सचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो ।
