संघीय समाजवादी भुकम्प पीडितको उद्धारमा

Read Time:1 Minute, 47 Second

मनोज घर्तीमगर

पोखरा, १६ बैशाख

विनासकारी भुकम्प पीडितको उद्धार र राहतका लागि संघीय समाजवादी पार्दी कास्की जुटेको छ ।

पीडितको उद्धारका लागि पार्टीका तर्फबाट सुकबहादुर घले गोरखाको प्रभावित क्षेत्र र कास्कीको समन्वय गर्दै उद्धारमा जुटिरहनु भएको छ भने पोखरा विमानस्थल, विभिन्न अस्पतालहरु लगायत बौद्ध अर्घौ सदनमा समुहगत रुपमा पार्टीका स्वंयसेवकहरु जुटिरहेको संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।

भुकम्प पीडित र प्रभावितलाई पार्टीको तर्फबाट उद्धार, राहत संकलन, व्यवस्थापन र वितरणका लागि पार्टीका स्थायी समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङको संयोजकत्वमा उद्धार तथा राहतका लागि पार्टीका तमुवान प्रदेश क्षेत्रभित्रका केन्द्रीय सदस्य, विभागका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु रहेको समिति गठन गरेको कास्की अध्यक्ष तामाङले बताउनुभयो ।

यसरी नै भुकम्प क्षतिग्रस्त तथा प्रभावित क्षेत्र, पार्टी संयन्त्र र प्रसासन समन्वय गर्ने गरी जिल्ला सुचना डेक्स स्थापना गरी क्रियाशील रहेको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %