चारभञ्ज्याङ तमु समाजमा धर्म देशना

Read Time:2 Minute, 10 Second

मनोज घर्तीमगर

पोखरा, १६ बैशाख

२५ सय ५९ औं बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बौद्ध अर्घौ सदन र बुद्धजयन्ती मुल समारोह समितिमा समावेश गरिएको धर्मदेशना कार्यक्रम पोखरा ९ नयााबजारस्थित चारभञ्ज्याङ तमु समाजको नवनिर्मित भवनमा बुधवार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख प्रवचक बौद्ध अर्घौ सदनका प्रमुख लागि आचार्य थुब्तेन ऐशे गुरुङले बुद्ध दर्शन र गुरुङ संस्कार सास्कृतिको विविध पक्षमा प्रवचन दिनुभएको थियो । उक्त अवसरमा उहााले बुद्धको पञ्चशीललाई व्यवहारमा उतार्न सके सभ्य, समन्नुत, नैतिकवान समाज निर्माण हुने बताउनुभयो । कुनै पनि संस्कार सास्कृति समय सापेक्षित हुनुपर्दछ भन्नुहुदै गुरुङ जातिले समाज विकाससागै विज्ञानसंगत रुपमा संस्कार सास्कृतिलाई सान्दर्भिक बनाउन जरुरी रहेको उहााको भनाई थियो ।

चारभञ्ज्याङ तमु समाजका अध्यक्ष सुवेदार मेजर नारायणसिंह गुरुङको अध्यक्षता र सचिव माओत्सेतुङ गुरुङले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रदिप गुरुङले स्वागत, समाजका सल्लाहकार एवं बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङले आचार्य थुब्तेन येशे गुरुङ परिचयका साथमा मुलुक संकटमा परेको बेला सबैले राहत प्रदान गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा चाभञ्ज्याङ तमु समाज, तमु सेवा समिति नयााबजार र दीपज्योति तमु समाजका सदस्यहरुको बृहत सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %