काठमाडौं,
ठुलो भुकम्पका कारण देश अहिले शोक मग्न अवस्थामा छ ,जताततै कोलाहल र अस्तव्यवस्त बनेको छ नेपाल तर यस्तो अवस्थामा देश हाक्ने नेताहरु र तिनका भरौते कार्यकर्ताहरु कहाँ छन अत्तोपत्तो छैन यसै बिच नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा भुलवस धर्म निरपेक्षताको कुरा आएको बताएका छन ।
पतञ्जली योग पीठ नेपालको खुलामञ्चमा जारी योग शिविरमा सहभागी भएका अध्यक्ष ओलीले धर्मनिरपेक्षता हुनुलाई गल्ती भएको बताए ।
उनले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षता नरहने प्रतिबद्धता पनि जनाएका थिए ।
सुरुमा आफ्नो भाषण योगसँग सम्बन्धित गरेका ओलीले योग गुरु रामदेवले नेपाललाई आध्यात्मिक राष्ट्र घोषणा गर्न उचित हुने सुझाव दिएपछि ओलीले धर्मनिरपेक्षताका विषयमा धारणा राखेका थिए ।उद्दार र राहतमा ध्यान दिनु सत्ता नेपाल हिन्दू राष्ट्र नहुनाले बिप्पत्ती आई लागेको इमेज खबरले समाचार छापेको छ तर उन्ले के बिर्सेंका रहेछन भने नब्बे साल, सन १६ जनवोरी १९३४( १९९० ) , ४५ साल लगायतका महाभुकम्प हरु नेपाल हिन्दू राष्ट्र हुँदा नै गएको थियो ।
अहिले नेपालमा समयमै उद्दार हुन नसक्नुको कारण सम्पूर्ण श्रोत साधन एकात्मक केन्द्रिक्रित राज्य संग हुनाले हो भन्ने बुझ्न सकेनन , संघीय प्रदेश नहुनाले शक्ती भाडफाड नहुनु हो भन्ने उन्लाई हेक्क्का भने भएन ।
