काठमाडौं :भुकम्पले गर्दा अहिले देश भर अस्त व्यस्त रहेको छ जनता त्रसित छन ।
।
सरकारले गास बास र कपासको राम्रो व्यवस्था गर्न नसक्दा जनताले शास्ती भोगी रहेका छन यही अभावको फाईदा उठाई केही स्वार्थी झुन्द हरुले कालो बजारी गरी जनता ठगी गरेको जनगुनासो आए पछी सरकारले एक प्रेस बिग्यप्ती निकालेको छ ।
सरकारले प्राकृतिक विपत्तिको फाइदा उठाउनेलाई १० वर्ष जेल सजाय र २ लाख जरिवाना गर्ने भएको छ । गृहमन्त्रालयले विज्ञप्ती जारी गरी यस्तो सजाय गर्ने जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘सम्पुर्ण जनता प्रति नेपाल सरकार यो अबगत गराउन चाहन्छ कि प्राकृतिक विपतिको फाइदा उठाई कसैले उल्लेखित मुल्य वा वजारको मुल्य भन्दा वढी सामान वेच्न खोजेमा कानूनमा उल्लेखित दश वर्ष सजाय र दुई लाख जरिवाना भोग्नु पर्ने छ ।
