स्याङ्जाको तुलसीभन्ज्याङ् र मनकामनामा दुई महिलाको आत्महत्या

Read Time:1 Minute, 10 Second

विनोद रखाली मगर ,

  स्याङ्जा , वैशाख १४ – स्याङ्जाको दुई छुट्टा छुट्टै स्थानमा दुई महिलाले आत्महत्या गरेका छन् ।

देश विनाशकारी भुकम्पले शोकाकुल र क्रास भएको अवस्थामा जिल्लाको तुलसिभन्ज्याङ् गाविस वडा न. १, भैसींडाडा की वर्ष ३० की निर्मला सिङ्जाली र मनकामना गाविस वडा न. ४ कुसुण्डेकी वर्ष १८ की विमला के.सी.ले घरभित्र झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक इन्द्र सुवेदीले जनाएका छन् ।

सिङ्जालीको १ छोरा र १ छोरी रहेको वताइएको छ । दुवैको आत्महत्याको कारण खुल्न सकेको छैन । प्रहरीले शवलाई पोष्ट मार्टमका लागी वालिङ् ल्याएको छ । अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %