पाल्पामा दुई जनाको ज्यान गयो

Read Time:1 Minute, 0 Second

देब पचभैया

पाल्पा, बैशाख १३ – बाटो खन्ने क्रममा पहिरोले पुरिएर मदनपोखरा २ कोकल पाल्पामा दुई महिलाको ज्यान गएको छ भने एक जना घाईते भएकी छिन ।

मदनपोखराको छाप र कोकल जोड्ने मोटरबाटो खन्ने क्रममा माथि बाट आएको पहिरोले पुरिएर स्थानिय ३५ बर्षिया लक्ष्मी प्रिति र २५ बर्षिया दिलमाया बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

पहिरोले पुरिएर १७ बर्षिया श्रृष्टी नेपाली घाईते भएकी छिन् । उनको लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । भुकम्पले कमजोर बनाएको ढिस्को एक्कासी खस्दा उनीहरु पुरिएको प्रत्यक्ष दर्सीले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %