नेकपा–माओवादी कास्कीद्वारा कार्यकर्तालाई उद्दार कार्यमा जुट्न निर्देशन

Read Time:1 Minute, 12 Second

रूद्र बहादुर श्रीस मगर

पोखरा, १३ वैशाख

नेकपा–माओवादी कास्कीले शनिबार आएको विनाशकारी भूकम्पमा परेका सर्वसाधारणहरूको उद्दार कार्यमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

कास्कीका सेक्रेटरी अर्जुन छन्त्यालले आइतबार बिहान विज्ञप्ति जारी गर्दै देशमा आइपरेको महा विपत्तिको दुःखद घडीमा धैर्यधारण गर्न र राहत तथा उद्दार कार्यमा जुट्न सबैलाई अपिल गरेको हो ।

विज्ञप्ति मार्फत् सेक्रेटरी छन्त्यालले भूकम्पमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । सेक्रेटरी  छन्त्यालले भूकम्प पीडित सर्वसाधारणलाई तत्काल राहत तथा उद्दारको व्यवस्था गर्न सरकारको विशेष ध्यानाकर्षण समेत गराएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %