एआईजि बज्राचार्यलाई पाल्पामा सम्मान

Read Time:2 Minute, 49 Second

देब पचभैया

पाल्पा, बैशाख ११ – पाल्पामा जन्मिएर नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक बन्नु भएका रमेश शेखर बज्राचार्यलाई आज तानसेनमा सम्मान गरिएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाले तानसेनको नगरपालीका हलमा एक कार्यक्रमको आयोजना गरी उहालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले एआईजि बन्न सफल शमेश शेखर बज्राचार्यलाई  प्रहरी महानिरिक्षक बन्ने सफलता मिलोस भन्ने कामना गरेका छन् ।

तानसेनबासी बज्राचार्य २०४३ सालमा प्रहरी निरिक्षक पदबाट प्रहरीमा प्रबेश गरेका थिए ।  सम्मान कार्यक्रममा बोल्दै उनले आफुले पाएको सफलतामा जिल्लाबासीको पनि हात रहेको बताएका छन । प्रहरीको सफलतामा आम नागरिकको पनि ठुलो सहयोगको आवश्यकता रहेको भन्दै पाल्पामा देखिएको सडक दुर्घटना र आत्म हत्याको समस्या समाधानको लागी सबै जिल्ला बासी एक ठाउमा उभिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरिक्षक बज्राचार्यले पाल्पाको रानीघाट दरबार पेरिपेरीमा स्थानियको सहयोगमा एक हप्ता भित्र अस्थाई प्रहरी पोष्ट राख्न आफुहरु तयार रहेको जानकारी दिए । प्रहरीलाई बस्ने खाने स्थानको ब्यवस्था मिलाईदिन आग्रह गर्दे उनले  एक हप्ता भित्रमा सो ठाउमा अस्थाई प्रहरी पोष्ट खटाउन आफुहरु तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य गमबहादुर थापा, पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, बरिष्ठ पत्रकार मेघराज शर्मा लगाएत राजनैतिक दलका प्रमुखहरु , नागरिक समाज, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले बज्राचार्यको कार्यकालको सफलताको कामना गर्दे थप प्रगतीको लागी शुभकामना दिएका थिए ।
 
आदीबासी जनजाती महासंघ पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्यको अध्यक्षता र सचिब यसकुमार गरम्जाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %