निरज पिठाकोटे मगर
वीरगञ्ज, १० बैशाख – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको अधिवेशन बैशाख २६ गते हुने भएको छ ।
रिपोर्टस क्लब नेपाल पर्साको सभाकक्षमा बुधबार बसेको जिल्ला परिषदको बैठकले बैशाख २६ गते अधिवेशन गर्ने निर्णय गरेको हो । परिषदका कार्यबाहक अध्यक्ष कमलबहादुर पिठाकोटे मगरको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तयारीको लागि ९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
पिठाकोटे मगरकै संयोजकत्वमा गठन गरिएको समितिमा थारु समुदायबाट वृजमोहन चौधरी र नन्द किशोर पंजियार, तामाङ समुदायबाट रामबहादुर लामा, राई समुदायबाट जगत राई, धानुक समुदायबाट रामाशिष धानुक गुरुङ समुदायबाट मोहन गुरुङ लगायतका रहेका छन् ।
बुधबार बसेको बैठकमा परिषदका संस्थापक सदस्य चत्रबहादुर शाक्य, उजेली मैया तामाङ, रेनुका थापा मगर, प्रभु उरावँ, फूर्वा लामा लगायतको उपस्थिति रहेको थियो ।
