माया घले मगर
इजरायल ,२३अप्रिल – The Able Group इजरायलले आगलागी पिडितहरुको सहयोगार्थ यहि आउँदो १५ मे २०१५ शुक्रवारका दिन भब्य सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक गायिका ज्योति मगरको उपस्थित रहने छ । उनको साथमा इजरायलवासी स्थानिय नेपाली चिरपरिचित कलाकारहरुको समेत उपस्थिति रहने छ । सो भब्य सांगीतिक साँझलाइ कार्यक्रममा सहभागी भई सफल पारी दिनु हुन् इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई The Able Group इजरायलले हार्दिक निमन्त्रणा सहित अनुरोध गरेको छ ।