र्यापिड टास्कफोर्स’ समावेशी बनाउनुपर्ने समावेशी संचार अभियानको माग

Read Time:2 Minute, 32 Second

देब पचभैया

काठमाडौं, ८ बैशाख – राष्ट्रिय मानव अधिकार आयोगको संयोजकत्वमा पत्रकार सुरक्षाका लागि गठन हुन लागेको संयन्त्र ‘र्यापिड टास्कफोर्स’ समावेशी हुनपर्ने माग सहित समावेशी संचार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालमा रहेका अन्तराष्ट्रिय मिडिया मिसन प्रतिनिधि मण्डललाई ‘र्यापिड टास्कफोर्स’ समावेशी हुनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र अभियानले बुझाएको हो । ध्यानाकर्षण पत्रमा समावेशी अबधारणा अन्तरिम संविधानमा नै उल्लेख भइसकेको र स्वीकारी सकेको अवस्थामा ‘र्यापिड टास्कफोर्स’ समावेशी चरित्रको नभए आफुहरुलाई मान्य नहुने बताइएको छ ।

‘राज्यले लामो समयदेखि शोषण र दमन गर्दै आएको आदिवासी जनजाति, अल्पसंख्यक, दलित, मधेसी आदिको हकअधिकार सुनिश्चित हुनेगरी सबैलाई समेटेर ‘र्यापिड टास्कफोर्स’ निर्माण गर्नुपर्ने अन्तराष्ट्रिय मिडिया मिसन प्रतिनिधि मण्डललाई अभियानले ध्यानाकर्षण पत्रमा भनेको छ । ‘समावेशी चरित्रको र्यापिड टास्कफोर्स निर्माण नभए हामीलाई स्वीकार्य  र मान्य हुने छैन ।’ ध्यानाकर्षण पत्रमा भनीएको छ ।
अभियान नेपालले नेपाली संचार क्षेत्रको समिक्षा, संचारमा विकास र सहयोगका लागि अध्ययन गर्न नेपाल आएको प्रतिनिधि मण्डलप्रति स्वागत गर्दै समावेशी चरित्रको ‘र्यापिड टास्कफोर्स’ संयन्त्र निर्माण हुनुपर्नेमा अभियान नेपालले जोडदार माग गरेको छ ।

समावेशी संचार अभियानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, कृयाशिल पत्रकार महिला, मधेशी पत्रकार मञ्च, मधेशी पत्रकार समाज, जागरण मिडिया सेन्टर, अपाङ्ग  पत्रकार महासंघ लगायत रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %