देब पचभैया
पाल्पा, बैशाख ८ – जिल्ला कृषि बिकास कार्यालय पाल्पाले आज एक दिने जिल्ला स्तर बिषादी अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
कृषि कार्यालयको सभाहलमा भएको गोष्ठीमा बिषादीको प्रयोग यसको प्रभाब लगाएतका बारेमा दुई वटा कार्यपत्र पेश भई छलफल भएको थियो । कार्यक्रममा बरिष्ठ कृषि बिकास अधिकृत राजेन्द्र कोईराला र पत्रकार राजेश अर्यालले कार्यपत्र पेश गरेका थिए ।
पछिल्लो समयमा तरकारीमा मिसाईने बिषादीको प्रयोगले मानब स्वास्थ्यमा नकारात्मक असर परेपनि यस बिषयमा आम कृषक र उपभोक्ताहरुमाझ जनचेतना जगाउनु आवश्यक भएको कार्यक्रमका बक्ताहरुले बताएका थिए । बरिष्ठ पत्रकार मेघराज शर्माले भएका एैन कानुन हरुको कार्यान्वायन गर्दे जनचेतनाको स्तरलाई माथि उठाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पाल्पाका पत्रकार, कृषक, एग्रोभेट संचालन लगाएतको सहभागीता रहेको थियो ।
