बागलुङ–पोखरा मगर समाजको एक दिने मगर सचेतना कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 11 Second

रूद्र श्रीसमगर

पोखरा, ७ वैशाख -बागलुङ–पोखरा मगर समाजले एक दिने मगर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहयोगमा सोमबार आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक नेपाल मगर संघका केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरले मगर जातिको विविध पक्षका बारेमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा प्रशिक्षक थापाले मगरहरूलाई सचेत बनाउने अभियान सुरु गरेकोमा बागलुङ–पोखरा मगर समाजको प्रशंसा समेत गरेका थिए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान सदस्यसचिव समेतरहेका थापाले राज्यले आदिवासी जनजातिहरूलाई सचेत बनाउन र सशक्तिकरण गर्नका लागि सीमित बजेट छुट्याएको भन्दै थोरै बजेट भएपनि त्यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्का प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, बागलुङ नेवाः खलः पोखराका अध्यक्ष निलप्रसाद श्रेष्ठ, नेपाल मगर सङ्घ माटेपानी एकाइ समितिका अध्यक्ष डिलबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति, पोखराका अध्यक्ष निशा घर्तीमगरलगायतले बोलेका थिए । प्रशिक्षणमा अधिकांश महिलासहित ९० जना मगरहरूको सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए भने कोषाध्यक्ष कृष्णा पुनमगरले स्वागत गरेका थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %