तमुवान जागरण अभियानमा बृहत मोटरसाइकल र्याली हुने

Read Time:3 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, ६ वैशाख – तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माणका लागि भन्दै तमुवान जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

तमुवान जागरण अभियान अन्तर्गत यही वैशाख ११ गते बृहत मोटरसाइकल र्याली सहित प्रस्तावित तमुवान प्रदेश परिक्रमा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले तमुवानका लागि बृहत मोटरसाइकल र्याली गर्ने

प्रस्तावित तमुवान प्रदेशभित्र पर्ने स्याङ्जाको मिर्मी, चितवनको मुग्लिङ, पर्वतको कुश्मादेखि करिब एक हजारको संख्यामा मोटरसाइकल र्याली पोखराको चिप्लेढुंगामा आइ समापन हुने अध्यक्ष रेशम तमुले जानकारी दिए ।

सो संस्थाले तमुवान जागरण अभियान अन्तर्गत पूर्व तथा वर्तमान तमु सभासद्हरूको भेला यसअघि नै सम्पन्न गरिसकेको छ । यस अभियान अन्तर्गत प्रस्तावित तमुवान प्रदेशभित्र तमुवान जागरण जिल्ला भेला गर्ने र तमुवान प्रदेशका आदिवासी जनजाति संघसंस्थाहरूको भेलाले बृहत जनप्रदर्शनको मिति र स्थान तय गरिने समेत अध्यक्ष तमुले जानकारी दिए ।

यसैबीच, तमु महिलाहरूको संस्था तमुस्यो ह्युल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद्को केन्द्रीय पार्षद् भेला समेत पोखरामा यही वैशाख १२ र १३ गते हुने भएको छ ।

तमुस्यो ह्युल छोंज धिं गुरुङ महिला राष्ट्रिय परिषद्को केन्द्रीय पार्षद् भेला वैशाख १२ र १३ गते पोखरामा हुने

पोखरा सभागृहमा हुने सो पार्षद् भेलामा उद्घाटनसत्र पूर्व पोखराको चिप्लेढुंगा बाट र्याली निकालिने समेत अध्यक्ष भगवती तमुस्योले जानकारी दिए ।

देशभरका करिब ४ सय तमु महिला प्रतिनिधिहरूको सहभागिता रहने पार्षद् भेलाको बन्दसत्र तमु प्ये ल्हु संघको सभाहलमा हुने समेत अध्यक्ष तमुस्योले जानकारी दिए ।

पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीका अध्यक्ष दलबहादुर तमु र सचिव चेतबहादुर तमुले समेत बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %