धुर्मुस र सुन्तलीको साथमा न्युयोर्कमा नेपालीहरुले नयाँ वर्ष मनाए

Read Time:4 Minute, 15 Second

दिल प्रसाद थापा  

  न्युयोर्क – अमेरिका , १९ अप्रिल –  नया नेपाली वर्ष २०७२ सालको उपलक्क्षमा न्यु योर्कको रिजउडमा नेपाली गाँउ पनि भन्ने गरिन्छ , रिजउड नेपाली समाजद्धारा आयोजित नयाँ वर्ष शुभकामना कार्यक्रम शुक्रबार १७ अप्रिलका दिन भव्यताको साथ सम्पन्न भएको छ ।  

स्थानिय समय राती ८ बजे संचालन हुने भनिएको कार्यक्रम ९ बजे सुरु भएता पनि दर्शकहरुको भिड हल भने एक घण्टा अघि नै खचाखच थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष तुलसीराम आचार्यको स्वागत रहेको थियो भने कार्यक्रम संचालन सचिव सकुल खत्रीको रहेको थियो । 

(फोटो: दिल प्रसाद थापा)

 नेपाली राष्ट्यि गान बाट सुरु भएको कार्यक्रममा पहिलो प्रस्तुती खासै नाच्न त जान्दैन भन्ने गितमा कुञ्जन घिमिरे (सुन्तली)ले कम्मर मच्काई आफ्ने बेजेड नित्य प्रस्तृत गरिन । त्यस लगत्तै नेपाली लोक दोहरी गायिका संगिता थापा मगरले आफ्ना सुमधुर चर्चित गितका सुनाईन भनेै अर्का गायक पशुपति शर्माको प्रस्तृती दिएर रिजउडका नेपाली दाजुभाईलाई दिन भरको थकाई विर्सेर नचाउन भ्याएका  थिए । गायक प्रमोद खरेलले आफ्नो हिट कलेक्सका गित गाउदै नचाउदै दर्शकलाई मनोरञ्जन दिन सफल भएका थिए ।

कार्यक्रमको मुख्य अर्कषण सिताराम कट्टेल (धुर्मुस) पहिलो प्रस्तृतीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको भेषमा व्याङग्य प्रस्तृत गर्दै दर्शकहरुलाई पेट मिचि मिचि हसाएका थिए । धुर्मुस र सुन्तलीले देश प्रेम र राष्ट्रियता जगाउदै मनोरञ्जन दिन सफल भएका थिए भने आफुहरु सरसफाई दुतको नियुक्त भएको हुदाँ देश सरसफाई अभियानमा सहयोग गर्न आग्रह पनि गरेका थिए ।

  कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) कुञ्जन घिमिरे (सुन्तली)ले नेपाल अधिराज्य भरि भएका राजमार्ग छेउमा प्रयाप्त शौचालय नभएको हुदाँ एघार सय शौचालय बनाउनका साथै गरिबको घरमा शैचालय बनाउदै नेपाल सफा बनाउने अभियानमा लागेको बताएका थिए ।चार सय जना अटाउने हलमा नेपाली दर्शक छ सय बडीको उपस्थिती रहेको कार्यक्रममा हल भरिएको अवस्थामा केही दर्शक बाहिर बाटै फर्कने अवस्था रहेको थियो ।

 

 

कार्यक्रमको प्रमुख अतिथी एनआरएन न्यु योर्क सिटीका अध्यक्ष खगेन्द्र जिसी, रिजउड नेपाली समाजका संस्थापक  सचिव तथा कार्यक्रम संयोजक सरोज कुमार श्रेष्ठ, पुर्व अध्यक्ष मोहन ज्ञवाली लगायत अतिथीहरुको मन्तव्य तथा शुभकामना आदनप्रदान गरेका थिए । २०१५/२०१७ का लागि रिजउड नेपाली समाजका अध्यक्ष रवी किरण कोइरालाको अध्यक्षतामा भएको नयाँ कार्य समिती सपथ ग्रहण गरेका थिए । सन् १९९६ सालमा ५८ जना सदस्य र १० जना कार्य समितीबाट स्थापना भएको समाजमा चार सय बडी सक्रिय साधारण सदस्य छन भने रिजउडमा दुई हजार, पच्चीस सयको हाराहारीमा नेपालीहरु बसोबास गर्दछन ।

उक्त रिजउड क्षेत्रलाई सानो नेपाली गाउ पनि भन्ने गर्दछन । ९ बजे संचालन भएको कार्यक्रम राती एक २ बजे समापन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %