गोबिन्द घर्ती
बैसाख ५ । अधिकार प्राप्तीका लागि राजनैतिक रुपमा संङ्गठित हुनु पर्ने रुपन्देहीको शंकरनगरमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । उनिहरुले पहिचान अस्तीत्व र अधिकारको लागि मगरहरु एकजुट हुनुको विकल्प नभएको बताएका थिए । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीद्धारा आयोजित डुप्के चिण्डीके मासबार कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै बरिष्ठ प्रहरी उपरिक्षक तथा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख योगेश्वर रुमखानी मगरले सास्कृतिक संरक्षण संगै राजनैतिक रुपमा पनि मगरहरु सचेत हुनु पर्ने बताए । उपरिक्षक रुमखानीले मगरुहरु बैदेशिक रोजगारीमा मात्र नभई स्वदेशमा बसेर आत्मनिर्भर बन्न सिक्नु पर्नेमा जोड दिए ।
नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर बिरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा मगर बौद्ध सेवा समाज रुपन्देहीका अध्यक्ष पूर्ण बहादुर थापामगर, संघका सल्लाहाकार दिलिप थापा, नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष ईन्द्र सारु, नेपाल मगर महिला संघ रुपन्देहीकी सदस्य लक्ष्मी पून, संघका तिलोत्तमा नगर अध्यक्ष प्रेम थापा, खड्ग बनगाइका अध्यक्ष यम बहादुर घर्ती, बुटवल नगर सिमिति पूर्व अध्यक्ष रुप सिं थापा लगाएतले बोल्दै समाजको बिकाश बिना राष्ट्रको बिकाश हुन नसक्ने बताएका थिए । संघका उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पूनको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
