दुर्गा राजकोटी मगर

टंक प्रसाद आचार्य बाहुन भएकै कारण फाँसी हुनबाट जोगिए जबकी सोही काण्डमा पक्राऊ परेका अन्य चार जना धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई गोली ठोकेर र झुण्ड्याएर मारियो । ईतिहास अध्ययन गर्दा जातको आधारमा सजाय दिईने व्यवस्था भएको पाईन्छ ।
पुर्ब प्रधान मन्त्रि स्व. सुर्यबहादुर थापा क्षेत्री जनाई लगाउँने भएकै कारण उनको मृत्युमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने । तर, पुर्ब प्रधान मन्त्रि स्व. मरिचमान सिंग नेवार जातिको र जनजाति भएकै कारण बहिष्करणमा पारिने ? ऐ धुन्दकारी, नपुसक सरकार मरेको लास माथी पनि केको राजनिती ? अब तिमीहरुको नाटक चिडीयाखानाको बादरले देखाउने चटक जस्तो भई सकेकोले त्यो नाटक अब कसैले हेर्नेवाला छैनन ।
आदिवासी, जनजाति, दलितहरुका समुदायले राणा शासन विरुद्ध आवाज उठाउदा मृत्यु दण्ड दिने र सोही शासन विरुद्ध बाहुन समुदायले आवाज उठाउदा केवल चारपाटा मुडेर केही नसिहत मात्र दिने व्यवस्था थियो । यो विभेदकारी नीति आजसम्म नै कायम छ । आज पनि दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाईन्छ । दलित भएकै कारण शहरका कोठामा भाडा पाईदैन । दलित भएकै कारण सरकारी कार्यालयमा सेवा गर्ने अवसरबाट बञ्चित गराईन्छ । दलितले छोएको खान नहुने रे । दलितलाई घरभित्र प्रवेश गराउन नहुने रे ।
यस्ता विभेदकारी नियम बनाउने असभ्य, पक्षपातीहरुले कहाँ आदिवासी जनजाति तथा दलितहरुलाई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सि.डी.ओ. न्यायाधिश, वकिल, डि.एफ.ओ. अधिकृत, प्रहरी प्रमुख भएको देख्न सक्छन् ? के जातियताको आधारमा बनाईएका नियम, कानून हामी आदिवासी, जनजाति, दलित, मधेसी, मुश्लिम लगायत शोषित, पिडितलाई वर्तमान २१ औं शताब्दीको वैज्ञानिक युगमा स्वीकार्य हुनसक्छ ? कदापि स्वीकार्य हुन सक्दैन ।
यदि तपाईले मैले डिग्री गरे भन्नुहुन्छ तर यस्ता विभेदकारी नीति र नियमको विरोध गर्नुहुन्न भने वा विरोध गर्नेहरुलाई समर्थन गर्नुहुन्न भने तपाईको सर्टीफिकेटको कुनै अर्थ रहने छैन । हामी सधै आफ्नै देशमा केही सिमित जातिको दासी भएर बाँच्नु पर्ने हुन्छ । त्यसैले हामीले आफ्नो मात्र नभएर सबैको हक अधिकार स्थापित गर्न ज्यानको समेत प्रवाह नगरी मेचीदेखी महाकाली सम्म पहिचान यात्रा गर्दै हिड्नु भएका डा. ओम गुरुङ, आङकाजी शेर्पा, सुरेश आले मगर लगायतलाई पूर्ण रुपमा समर्थन गर्न जरुरी छ । हामी आदिवासी जनजाती, दलित तथा सम्पूर्ण उत्पीडनमा परेकाहरुको हातमा सत्ता आयो भने मुलुकले ३ वर्षमा नै आफ्नो मुहार फेर्छ यसमा कुनै शंका छैन । विकास निर्माणको साथमा सबै जात, जाति, भाषा ,धर्म क्षेत्र, वर्ग, लिङ्गलाई उचित सम्मान र स्थान दिने हो भने कसले गर्छ नेपाल बन्द ?
संघीयता के हो भन्ने नजान्ने चित्र बहादुर के.शी, मोदनाथ पश्रीत, महेश बस्नेतहरुलाई संघीयताको अपव्याख्या नगर्न म सुझाव दिन चाहान्छु । सही ढंगको सुझावले नमाने भौतिक कार्वाही पनि गर्नै पर्ने हुन्छ । त्यो स्थिति नआवस् यो हाम्रो चाहाना हो तर निरन्तर हामी शोषित , पिडीतप्रति लक्षित गरी अपमान गरिरहन्छन् भने त्यो किमार्थ सह्य हुने छैन । कलम चलाउने हातले तरवार वा बन्दुक चलाउने स्थिति नआओस् । यो हामीले बारम्बार कोण सभामा भन्दै आईरहेका छौं । चेतावनीलाई वेवास्ता गर्दै जाने र हामी आदिवासी जनजातिलाई अपमानित गर्दै जाने हो भने धैर्यको बाध फुट्न सक्छ ।
त्यसैले जे पायो त्यही प्याच्च बोल्ने बानी त्याग नत्र आङकाजी शेर्पाले भने जस्तो लात्तले मुखमा हान्ने स्थिति आउन सक्छ । गरिब जनताबाट राष्ट्रको विकास निर्माण गर्न भनी उठाएको करले महल खडा गर्ने, करोडौ पर्ने गाडीमा सवार हुने, विदेश भ्रमण जाने ।
आँगनबाट बाहिर निस्क्यो बाटोको हालत खराब छ । ग्याँसको लागि ३ महिना कुर्नु पर्ने , सरकारी कार्यालयमा गयो, कर्मचारीहरु घुस विना काम गर्न नमान्ने । पैसा दिए त्यही दिन नदिए भोली आऊ, पर्सी आऊ भन्ने, नबुझेको कुरा सोध्यो झर्किने । हाकीमलाई सही गराउन घण्टौ कुर्नु पर्ने । विजुलीको कुनै ठेगान छैन । नेता खराब भयो भने देशले दुर्गति भोग्नु पर्दछ । राज्यको विकास नेताको हातमा छ उसले जस्तो चाह्यो त्यस्तै हुन्छ देश ।
हाम्रा वर्तमान नेताहरु ठग, वेईमान र भ्रष्ट छन् । ठग, भ्रष्ट र वेईमान जति चलाख भएपनि एकदिन फन्दामा फस्छ । एउटै जातिले मात्रै राज्य व्यवस्था संचालन गर्न उनीहरु नानाथरीका अफाव फैलाउदै हिडेका छन् । खबरदार ठगहरु हो, भ्रष्ट र वेईमानहरु हो अब तिमीहरुको अन्तिम दिनहरु आउदै छन् । तिमीहरु सच्चीने, गल्तीलाई स्विकार गर्ने मनस्थितिमा छैनौ । अबको लडाई तल्लो लेभलका सँग होईन माथिल्लो लेभलसँग हुनुपर्छ र हुन्छ । कुनै पनि सरकारी कार्यालयमा जाऔं लामो अव्यवस्थित लाईन लाग्नु पर्छ । सिस्टम भनेको पटक्कै छैन । गाडीको कर तिर्न, लाईसेन्स बनाउन वा नविकरण गर्न लुम्बिनी अञ्चलका ६ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका वासिन्दाहरु रुपन्देहीको बुटवलमा आउनु पर्छ ।
तर संघियतामा भने यस्तो हुँदैन । आ–आफ्नो प्रदेशमा राजस्व संकलन हुन्छ र सोही प्रदेशमै उक्त रकम खर्च हुन्छ । यसबाट जनतालाई कर तिर्न टाढा पनि जानु नपर्ने र प्रदेशको विकास पनि छिटो हुने हुदा संघियताले मुलुकलाई विकास निर्माणतिर डोर्याउछ । तर विकास विरोधीहरुले यसको अपव्याख्या गरिरहेका छन् जुन निकै घातक छन् । स्वतन्त्रताको नाममा जे पायो त्यही बोल्दै हिड्ने छुट कसैलाई छैन । समयले त्यस्ता व्यक्तिलाई हतकडी लगाएर कारागार पठाउने दिन पनि आउँछ । तसर्थ जे पायो त्यही बोल्दै नहिड्न म नेता भनाउदाहरुलाई सचेत गराउन चाहान्छु ।
ज्ञानेन्द्र कुनै बेला राजा थिए अहिले नागरिकमा झरेका छन् । हालका नेताहरु पनि अहिले नेता कहलिए पनि भोलि जनताको हित विरुद्धमा बोलेको कारण कारागार चलान हुने स्थिति आउछ । सद्धाम हुसैन राष्ट्रपति भएपनि अन्तमा फाँसीमा लट्कनु पर्यो । सरकारमा छु भन्दैमा, मन्त्री भए भन्दैमा, गृहमन्त्री भए भन्दैमा जथाभावी जनता विरुद्ध लाठी चार्ज गर्न आदेश दिने, गोली चलाउन आदेश दिनेहरु हो , होसियार भोली नेपाली जनताले त्यसको हिसाब अवश्य माग्ने छन् । त्यतिखेर नेपाली जनतालाई हिसाब बुझाउन सकेनौ भने जनताले त्यतिबेला तिमीहरुको टाउकोमा जसरी अहिले तिमीले शान्तिपूर्ण र्याली गर्दा लाठी प्रयोग गरेका छौ त्यो लाठी तिमीहरुको टाउकोमा पनि प्रहार हुनेछ ।
वगैचामा सबै प्रकारका फूलहरु फुल्न पाउनु पर्छ तर यहाँ त आदिवासी, जनजाति, महिला, मधेसी, दलित लगायतका फूलहरुलाई हुर्कन नै दिईदैन, पानी हालीदैन, हुर्कन खोज्छ निमोठेर प्याँकिन्छ । अब बन्ने संविधानमा धेरै भन्दा धेरै फूलहरु फूल्न पाउन, हुर्कन पाउन्, फुल्न पाउन् पर्छ , त्यसो भयो भने मात्र राष्ट्रको चौतर्फी विकास हुन सक्छ होईन भने सधै नेपाल बन्द, आन्दोलन, भैरहनेछ ।
नेपाल भनेको काठमाण्डौं , पोखरा, बुटवल, विराटनगर, धरान मात्र होइन । कतिपय नेपाली जनताहरुले अझै पनि मोवाईल देख्न पाएका छैनन्, वस देख्न पाएका छैनन् । त्यस्ता विकट, दुर्गम स्थानहरु पनि छन् । देश संघियतामा गयो भने हरेक प्रदेशको विकास दु्रत गतिमा हुन्छ । तसर्थ आज बहुसंख्यक नेपालीले चाहाना गरेको धर्मनिरपेक्षता, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, पहिचान सहितको संघियता र संघियता सहितको संविधान हो ।
तीस दलिय मोर्चाले अघि सारेको यो प्रस्तावले नै देशमा शान्ति र विकास हुन्छ । देश अहिले ईमान्दार नेताको पर्खाईमा छ । चाहे सहमतिबाट होस् चाहे युद्धबाट होस हामी नेपाली जनताले देशले माग गरे अनुशारको ईमान्दार नेता दिनै पर्दछ । यसको लागि सम्पूर्ण पहिचान पक्षधरहरु एकजुट भएर ३० दलिय मोर्चा लगायत आदिवासी जनजातिहरुले आव्हान गरेको आन्दोलनमा सरिक हुनै पर्दछ ।
