जापानमा फोनिज तदर्थ समिति गठन

Read Time:1 Minute, 31 Second

देब पचभैया 

  काठमाडौं, २ बैशाख – जापानको टोकियोमा भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज तदर्थ समिति गठन गरेको छ ।

मंगलबार त्यहा“स्थित थकाली भान्साघरमा आयोजित भेलाबाट शन्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको हो । भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिव निशान रानामगर, दुइ सचिवमा मनिराज राई र चमारसिं लामा चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यहरुमा सुनिता मगर, शशिकला मोक्तान, विक्रम लामालाई चयन गरेको छ ।

जापानमा गठन भएको तदर्थ समितिप्रति हार्दिक बधाई तथा शुभकामना सन्देश दिंदैं फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जापानमा भएका आदिवासी जनजाति पत्रकारहरुलाई एक जुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

भेलामा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, जनजाति महासंघ जापान शाखाका उपाध्यक्ष पासाङ शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %