संगीतमा संघर्ष गर्न सके नाम र दाम दुवै छ – गायिका तायाहाङ्मा राई

Read Time:4 Minute, 22 Second

गायिका तायाहाङ्मा राईको दोस्रो गिती एल्वम ‘तराना’ भर्खरै बजार आएको छ । उक्त एल्वममा राज सागरको संगीत रहेको छ भने शव्द शीतल कादम्बिनी , जुना वाइवा , राज सागर , शुष्मा देवकोटा र घनश्याम पथिकको रहेको छ ।

मायाको गहिराई …… बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । उक्त म्युजिक भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका छन भने क्यामेरा बिदुर पाण्डेले खिचेका छन र अभिनय बिमलेस अधिकारी र रिमा बिश्वकर्माको रहेको छ ।

रेडियो नेपालबाट २०६७ सालमा स्वर परिक्षा पास गरेकी राईले २०५८ सालमा लोकतन्त्र दिवसमा आयोजित राष्ट्रब्यापी गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिईन । अहिलेको नेपाली संगीत बजारको बारेमा  राज्यसत्ताको लागी निश्चल काउचाले राईसँग गरेको कुराकानी :-

 

तपाईंको ‘तराना’ एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

यसमा सेन्तिमेन्टल आधुनिक गीत र एउटा रोमान्टिक गीत सामावेश छन । 

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

स्रोता तथा दर्सकहरुबाट एकदम राम्रो प्रतिक्रिया पाएकी छु । अझै मलाई संगीत लाग्ने हौसला र प्रोत्साहन मिलेको छ ।

नेपाली संगीतको स्थिति कस्तो छ ?

नेपाली संगीतको स्थिति एकदमै कमजोर पाएकी छु र यहाँ पैसावाल , नातावाद र कृपावाद हालिमुहाली चल्छ ।

संगीतमा लागेर जिउन गाह्रो भनिन्छ नी ?

त्यो त अवस्य पनि हो तर पछिल्लो समयमा राम्रा संगीतकर्मीहरू ठुलै संघर्ष गरेर नाम र दाम पनि कमाई रहेका छन ।

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

हजुर आईराख्छ म नेपाल बाहिर हङकङ र कोरिया गएर आईसकेकी छु ।

नेपाली संगीत बजारमा नयाँलाई स्पेस पाउन गाह्रो छ भनिन्छ नी ?

त्यो अबस्य पनि हो किनकी म नयाँ कलाकार भएर भोगेकी पनि छु र देखिकी पनि छु ।  पुराना चलेका गायक , गायिकाहरूलाई मात्र मिडियाले पनि बढी नाम प्राथमिकता दिने र नयाँहरुलाई वास्ता नगर्ने परिपाटी बढी छ । पैसा हुनेवालाहरूले जस्तै नराम्रो गीतलाई पनि पैसा पेलेर चर्चामा ल्याउने गर्छन् । पैसा नहुने तर कला राम्रो हुने कलाकारहरू पछि परिरहेको अवस्था हो अहिलेको ।

संगीतमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ?

संगीत मेरो सानै देखिको शोख हो र म सानोमा गाउनु भन्दा पनि नाच्नमा खप्पिस थिए  । साच्चै भन्नु पर्दा यो प्रेरणा मेरो दिज्यु सविना राईबाट धेरै पाएकी छु ।

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

मेरो सबै फ्यानहरु , मेरा शुभ चिन्तकहरूलाई , नेपाली गीत , संगीतलाई माया गर्नु सबै जनालाई धन्यवाद भन्न चाहन्छु । मैले भर्खरै मेरो दोस्रो एल्वम ‘तराना’ बजारमा ल्याकी छू । सुनिदिनु होला र ममा के कति कमजोरीहरु छन सल्लाह, सुझाब दिनु होला । हजुरहरूको सल्लाह , सुझाब हामी नयाँ कलाकारहरूलाई एकदमै खाँचो छ । अन्तमा मलाई जति पनि सपोर्ट गर्नु हुने बिभिन्न मिडिया र शुभ चिन्तकहरूलाई थ्याङ्क्यु सो मच भन्न चाहन्छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %